+
+
Shares

राप्रपासँग निर्वाचन आयोगले जवाफ माग्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते ११:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरूको विषयमा स्पष्ट पार्न पत्र लेखेको छ।
  • लिङ्देनले अनुशासन समितिका संयोजकको ठाउँमा रोशन कार्कीलाई नियुक्त गरेका थिए र उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई हटाएका थिए।
  • असन्तुष्ट पक्षले लिङ्देनको निर्णय बदरको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए र आयोगले राप्रपासँग जानकारी मागेको छ।

७ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरूको विषयमा स्पष्ट पार्न निर्वाचन आयोगले पत्र लेखेको छ ।

लिङ्देनले अनुशासन समितिका संयोजकको ठाउँमा रोशन कार्कीलाई नियुक्त गरेका थिए । साथै, सुवेदीलाई पद यथावत् राख्नुपर्ने माग राखेर विज्ञप्ति निकाल्ने उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पनि हटाएका थिए ।

प्रवक्ताबाट सगुन लावतीलाई समेत पदमुक्त गरेका थिए ।

अनुशासन समितिका संयोजकको स्थानमा अर्को व्यक्तिलाई जिम्मेवारी दिएपछि त्यस विरुद्ध २९ असारमा असन्तुष्ट पक्ष निर्वाचन आयोग पुगेको थियो । अध्यक्ष लिङ्देनको निर्णय बदरको माग राख्दै उनीहरू आयोग पुगेका थिए ।

असन्तुष्ट पक्षको निवेदनको आधारमा आयोगले राप्रपासँग जानकारी मागेको हो । राप्रपाका कोषाध्यक्ष निलकण्ठ काफ्लेले आयोगले जानकारी माग गरेर पत्र पठाएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?