+
+
Shares

राप्रपामा अर्को किचलो : निर्वाचन आयोगमा अद्यावधिक छैन रवीन्द्र मिश्र पक्षधर नेताको नाम

मिश्र पक्षका नेताहरुका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले एकतापछि आएका नेताहरुको नाम अद्यावधिक गराउन निर्वाचन आयोगमा जाने अजेन्डा कार्यसम्पादन समिति बैठकमा कहिले पनि ल्याएनन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ साउन ६ गते २२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र नेतृत्वको वृहत्तर ध्रुवीकरण पक्षबीच तीन वर्षअघि भएको एकता पश्चात मिश्र पक्षका ४० केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगमा अद्यावधिक गरिएको छैन।
  • राप्रपाको केन्द्रीय समितिले निर्वाचन आयोगमा नाम अद्यावधिक गर्न कार्यसम्पादन समितिलाई अधिकार दिएको भए पनि अध्यक्ष राजेन्द्र लिङ्देनले अजेन्डा नल्याउँदा प्रक्रिया अघि बढ्न सकेको छैन।
  • मिश्र पक्षका नेताहरुले अध्यक्ष लिङ्देनको व्यवहारलाई \'उच्च तहको फट्याइँ\' भन्दै एकताबाट आएका नेताहरुको नाम अद्यावधिक नगर्नु नियतवश कमजोर पार्ने खेल भएको आरोप लगाएका छन्।

६ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्र नेतृत्वको वृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता भएको ३ वर्ष पुग्नै लाग्दा निर्वाचन आयोगमा मिश्र पक्षका नेताहरुको अभिलेखीकरण नै नभएको खुलेको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र पक्षका केन्द्रीय सदस्य रञ्जन कार्कीले यो विषय बाहिर ल्याएका हुन् ।

१२ असोज २०७९ मा राप्रपासँग एकता हुँदा मिश्र पक्षबाट ६ पदाधिकारी, ५ कार्यसम्पादन र २९ सदस्य गरी ४० जना केन्द्रीय समितिमा रहने सहमति भएको थियो ।

वृहत्तर ध्रुवीकरणबाट राप्रपा केन्द्रीय समितिमा रहेका ४० जनाको नाम हालसम्म निर्वाचन आयोगमा अद्यावधिक नभएको कार्कीले अनलाइनखबरसँग बताए । उनले भने, ‘अद्यावधिकको प्रक्रियामा नलैजानुको कारण अध्यक्ष राजेन्द्र लिङ्देन स्वयंलाई थाहा होला । हामी ४० जनाको नाम अद्यावधिक गर्ने प्रक्रिया पार्टीले सुरु गरेकै छैन ।’

एकता प्रक्रियाबाट आएका नेताहरुसहित पदाधिकारी र केन्द्रीय समितिमा भएको हेरफेरलाई निर्वाचन आयोगमा जानकारी गराउन पार्टी बैठकमा छलफलसमेत भएको छ ।

पार्टी केन्द्रीय समितिको बैठकले निर्णय गरी निर्वाचन आयोगमा अभिलेखीकरणका लागि आवश्यक निर्णय लिन कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गरिएको थियो ।

केन्द्रीय समितिको निर्णयमा भनिएको छ, ‘एकता महाधिवेशनपछि विभिन्न पार्टी, अभियान तथा प्रवेशमार्फत पार्टीमा जोडिएका तथा नवीन राप्रपा कार्ययोजनाअन्तर्गत छनोट भएका ४० वर्षमुनिका केन्द्रीय सदस्यलाई निर्वाचन आयोगमा वैधानिक रुपमा अभिलेख गराउन केन्द्रीय सदस्यको संख्या थप गर्नुपर्ने भएकाले पार्टी विधान २०४८ अनुरुप आवश्यक निर्णय लिन केन्द्रीय कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको छ ।’

वृहत्तर ध्रुवीकरणबाट राप्रपा केन्द्रीय समितिमा रहेका ४० जनाको नाम हालसम्म निर्वाचन आयोगमा अद्यावधिक नभएको मिश्र पक्षका केन्द्रीय सदस्य रञ्जन कार्कीले बताए ।

मिश्र पक्षका नेताहरुका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले एकतापछि आएका नेताहरुको नाम अद्यावधिक गराउन निर्वाचन आयोगमा जाने अजेन्डा कार्यसम्पादन समिति बैठकमा कहिले पनि ल्याएनन् ।

अन्तिम पटक ११ देखि १३ माघसम्म बसेको केन्द्रीय समितिको बैठकमा अद्यावधिकका लागि निर्वाचन आयोगमा तत्काल जानुपर्ने गरी छलफल भएको थियो ।

कार्यसम्पादन समितिमा अजेन्डाका रुपमा अध्यक्षले प्रस्ताव नल्याएपछि निर्णय गर्नेगरी छलफल हुन नसकेको एकताबाट आएका कार्यसम्पादन समितिका सदस्यले जानकारी गराए ।

‘अध्यक्षले छलफलका लागि यो अजेन्डा कार्यसम्पादन समितिमा कहिले पनि ल्याउनु भएन । नेताहरुले आफ्ना विचार भने राख्नुभयो,’ राप्रपाका कार्यसम्पादन समितिका ती सदस्यले भने, ‘हाम्रो पक्षबाट भन्दा यो विषयलाई जोड दिएर अरु नेताहरुले उठाउनुभएको थियो ।’

उनका अनुसार पदाधिकारी, कार्यसम्पादन समिति र केन्द्रीय सदस्य थपिएको विषयलाई वैधता प्रदान गर्न वरिष्ठ नेता मिश्रले अध्यक्ष लिङ्देनलाई पटकपटक आग्रह गरेका थिए ।

पार्टी एकतापछि नवीन राप्रपाको अवधारणा ल्याउने वरिष्ठ उपाध्यक्ष मिश्र थिए । उनकै परिकल्पनाअनुसार युवा उमेर समूहलाई पार्टीको केन्द्रीय नेतृत्वमा पुर्‍याउन युवाहरुलाई प्रवेश समेत गराइएको थियो ।

नवीन राप्रपाअन्तर्गत पुरुष र महिला गरी २० जनालाई राप्रपामा प्रवेश गराइएको थियो । उनीहरुको नाम समेत अद्यावधिक गरिएको छैन । मिश्र पक्षका नेताले भने, ‘तीन वर्षअघि एकता गरेर आएका नेताहरुको अद्यावधिकको प्रक्रिया सुरु नगर्नेले अस्ति भर्खर प्रवेश गर्नेलाई प्रक्रियामा लान्छन् होला ?

हाल राप्रपाको अभिलेखीकरण भएका राप्रपाको केन्द्रीय सदस्यको संख्या १९९ छ । मिश्र पक्षधर र युवा उमेर समूहबाट प्रवेश गरेकाहरुलाई सूचीमा राखिएको छैन ।

समयमा निर्वाचन आयोगमा अद्यावधिक नगर्दा एकतासँगै जोडिएका नेता÷कार्यकर्तामा निष्क्रियता बढेको मिश्र पक्षका नेताहरुको भनाइ छ । मिश्र पक्षका एक नेताले अध्यक्ष लिङ्देन अद्यावधिक नगर्ने नियत देखिनुलाई ‘उच्च तहको फट्याइँ’ को संज्ञा दिए ।

‘अद्यावधिक नगरेर मिश्र पक्षलाई कमजोर गराउने खेल अध्यक्षबाटै भएको छ । नियतवश कमजोर बनाउन लागिएको छ,’ मिश्र पक्षका ती नेताले भने, ‘बेला मौका हेरेर पेल्न यही औजार प्रयोग गर्न होला ।’

राप्रपा र मिश्र पक्षको एकता हुँदा चारबुँदे सहमति गरिएको थियो । सबै तहगत समायोजन दुई पक्षका अध्यक्षको सहमतिअनुसार हुने सहमति गरिएको थियो । सहमतिअनुसार संस्थापन पक्षको व्यवहार नदेखिएको भन्दै मिश्र पक्ष अध्यक्ष लिङ्देनसँग रुष्ट बनेको छ ।

‘नाम अद्यावधिक नगरेर मिश्र पक्षलाई कमजोर गराउने खेल अध्यक्षबाटै भएको छ । नियतवश कमजोर बनाउन लागिएको छ । यही औजार प्रयोग गरेर पेल्न होला ।’

अद्यावधिक नगर्ने भनेर संवादका क्रममा लिङदेनले कहिले पनि नभनेको तर नियतवश प्रक्रियामा लान नखोजिएको मिश्र पक्षको निचोड छ ।

मिश्र पक्षका उपल्लो तहका एक नेताले भने, ‘अद्यावधिक नगर्ने कहिले पनि भन्नुभएन । एकताबाट आएको शक्तिलाई मनोनित गरेर केन्द्रीय सदस्य थप्ने जस्तो कुरा गर्नुहुन्छ ।’

दुई पक्षको एकता भएको हुँदा मनोनित सदस्य सदस्यका रुपमा थप्ने कार्य स्वीकार्य नहुने मिश्र पक्षका नेताहरुको भनाइ छ ।

उपाध्यक्ष एवं संगठन विभाग प्रमुख बुद्धिमान तामाङले एकतापछि आउने नेताहरुको निर्वाचन आयोगमा अभिलेखीकरण भए÷नभएको जानकारी नभएको बताए । अद्यावधिक गर्नका लागि सचिवालयलाई थाहा हुने उनले बताए ।

महामन्त्री एवं सचिवालयका राजेन्द्र गुरुङसँग बुझ्न पटकपटक फोन गर्दा उठेन ।

लिङ्देनको व्यवहारबाट असन्तुष्ट रहे पनि पार्टी निर्माणप्रति मिश्रले पूर्ण सहयोग गर्दै आएको उनीपक्षीय नेताहरुको दाबी छ । नवीन राप्रपा, नवीन समझदारीको अवधारणा ल्याउनुको साथै देशभरिका प्रशिक्षणमा अध्यक्ष लिङ्देनलाई सघाइरहेको मिश्र पक्षका नेताले जानकारी गराएका छन् ।

नेताहरुको वैधतामा प्रश्न उठेसँगै मिश्र पक्षधर अध्यक्ष लिङ्देनसँग रुष्ट भएका छन् । दुई दलको एकता हुँदा उल्लेखित सहमतिअनुसार संस्थापन पक्ष अघि नबढेको असन्तुष्ट पक्षका नेताहरुको भनाइ छ । एकतालाई कोशेढुङ्गा भनेका दुईपक्षबीचको एकतामा हाल संकट देखिएको नेताहरु स्वीकार्छन् ।

निर्वाचन आयोगमा अद्यावधिक नभएका मिश्र पक्षका केन्द्रीय नेताहरु :

पदाधिकारी

रवीन्द्र मिश्र– वरिष्ठ उपाध्यक्ष

शरदराज पाठक – महामन्त्री

उज्वलकृष्ण श्रेष्ठ – सहमहामन्त्री

अमृत पुडासैनी – सहमहामन्त्री

हरिकृष्ण अधिकारी – सहायक महामन्त्री

सौरेन्द्रबहादुर शाह – सहायक महामन्त्री

केन्द्रीय कार्यसम्पादन समिति

अनुपमान सैँजु

शोभा शाक्य

निरूपमा यादव

कर्णबहादुर शाही

नारायण कोइराला

केन्द्रीय सदस्य

अर्जुनप्रसाद खनाल

हरिप्रसाद गौतम

उद्धवप्रसाद भेटवाल

घनबहादुर शाह

चोकराज घिमिरे

जयप्रकाश गुरागाईं

दिपकप्रसाद उप्रेती

मधुसुदन केसी

रञ्जन कार्की

रोशन शिवाकोटी

लक्ष्मणराज सिटौला

सुशील देवकोटा

दिनेश भण्डारी

माधव भण्डारी

पशुपति पाण्डे

शान्ता गिरी

एसके श्रेष्ठ

लक्ष्मी घिमिरे

वसन्ती ज्ञवाली

विना शाह

विपना शर्मा

सरस्वती पन्थी भुषाल

निरूपमा यादव

लक्ष्मी शाही

राजु बस्याल

बसन्त ब्लोन तामाङ

केशव खनाल

संगीता श्रेष्ठ

शशांक शमशेर थापा

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?