+
+
Shares

कर्मचारीहरूलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले भने- निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १२:५४
फाइल तस्वीर

१५ मंसिर, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न निर्देशन दिएका छन् ।

सोमबार आयोगमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भएपनि विगतमा काम गरेका व्यक्तिहरूबाट सुझाव लिएर काम गर्नसके कठिन नहुने बताए ।

निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा कुनै पनि झन्झट नमानिकन सूत्रअनुसार अघि बढ्न उनले आग्रह गरे ।

उनले संवैधानिक व्यवस्था बमोजिम नेपालमा दुई वटा निर्वाचन प्रणाली रहेको बताउँदै आयोगमा समानुपातिक निर्वाचन प्रणालीका लागि सोमबारदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको र अब समानुपातिक निर्वाचन प्रक्रियाका काम सुरु हुने बताए ।

उनले भने, ‘निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा साथीहरुले काम गर्ने सन्दर्भमा अलि झन्झिटिलो पनि मान्नुहोला । तर यो सूत्र र फर्मुलामा हुने निर्वाचन भएकाले सूत्रलाई पहिला नै मनन गरिदिनुभयो र ति व्यक्तिहरूबाट सल्लाह र सुझाव लिएर कार्यक्रम सञ्चालन गर्नुभयो भने कठिन छैन । कम्मर कसेर निर्वाचन सम्पन्न गर्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?