+
+
Shares

निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्नूस् : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १२:४८

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न निर्देशन दिएका छन् ।

सोमवार आयोगमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन सफल बनाउन गतिविधिमा सक्रिय हुन सबैलाई आह्वान गरेका हुन् ।

उनले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भए पनि विगतमा काम गरेका व्यक्तिहरुबाट सुझाव लिएर काम गर्नसके कठिन नहुने पनि बताए ।

उनले भने, ‘विभिन्न वर्ग, समुदाय, क्षेत्रलाई समेटेर प्रतिनिधि सभामा प्रतिनिधित्व गराउने हाम्रो संवैधानिक व्यवस्थालाई टड्कारो रुपमा अंगीकार गरेर निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्दछ । यो निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा साथीहरुले काम गर्ने सन्दर्भमा अलि झन्झटिलो पनि मान्नुहोला । तर यो सूत्र र फर्मुलामा हुने निर्वाचन भएकाले सूत्रलाई पहिला नै मनन गरिदिनुभयो र ती व्यक्तिहरुबाट सल्लाह सुझाव लिएर कार्यक्रम सञ्चालन गर्नुभयो भने कठिन छैन । कम्मर कसेर निर्वाचन सम्पन्न गर्नुस् ।’

सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?