१५ मंसिर, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरेका छन् ।
सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा सोमबार आयुक्त भण्डारीले भेट गरेका हुन् ।
भेटमा भण्डारीले ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले गर्नुपर्ने तयारी र भए गरेका काम कारबाहीबारे जानकारी गराएको अध्यक्षको निजी सचिवालयले जनाएको छ ।
साथै उनले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको लागि आयोगले गरिरहेका कामका बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा अध्यक्ष दाहालले निर्वाचन आयोगको सक्रियता र पहलकदमीले निर्वाचनको राम्रो माहोल बनेको भन्दै निर्वाचन सफल बनाउन आयोगको काम प्रशंसनीय रहेको बताए ।
साथै अध्यक्ष दाहालले निर्वाचनको काममा राष्ट्रियसभाले आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
प्रतिक्रिया 4