१५ मंसिर, बुटवल । नेकपा एमालेको आसन्न ११औं महाधिवेशनका लागि प्युठान र रोल्पाबाट १४ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । प्युठानबाट ८ जना र रोल्पाबाट ६ जना प्रतिनिधि छनोट भएका हुन् ।
प्युठानमा खुला तर्फबाट हरिप्रसाद रिजाल, विजय विराज विष्ट, तुल्सीराम शर्मा र नेगनसिंह कुवर चयन भएका छन् ।
यस्तै, युवा तर्फ श्रीधर रोका, दलिततर्फ झगबहादुर विश्वकर्मा, महिला तर्फ देवकीदेवी भण्डारी र दीपा पौडेल महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
यस्तै रोल्पाबाट खुलातर्फ शान्तकुमार वली र बालाराम बुढा मगर, महिलातर्फ सावित्राकुमारी बुढा घर्ती र जुगमति बस्नेत, युवातर्फ अमृतबहादुर बुढा मगर र दलित तर्फ पहलबहादुर विक चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4