+
+
Shares

काभ्रेको झिगुखोलाले बगाएका गगनको शव सुनकोसी किनारमा फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १० गते १२:५३

१० असार, काभ्रेपलाञ्चोक । खोलाले बगाएर बेपत्ता भएका काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ अमलटारीका गगनबहादुर भण्डारीको शव फेला परेको छ ।

शुक्रबार राति करिब ८ : ४५ बजे खेतमा पानी लगाइरहेका बेला आएको झिगुखोलाको बाढीले उनलाई बगाएको थियो । बेपत्ता भएपछि रातभर खोजी गरीएको थियो ।

स्थानीय बासिन्दा, प्रहरी र खोज तथा उद्धार टोलीले निरन्तर खोजी गर्दा आज बिहान ११ बजे उनको शव सुनकोसी नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन घलेले जानकारी दिए ।

स्थानीयका अनुसार, शवको टाउकोमा सामान्य चोट लागेको र कानबाट रगत बगेको देखिएको छ । उनी सक्रिय कृषकका रूपमा परिचित थिए ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले उनी बेपत्ता भएको एरियादेखि सुनकोसी नदीको किनारमा आसपास बसोबास गर्नेहरूलाई यसअघि समेत सूचना जारी गरी सतर्क रहन अपिल गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?