+
+
Shares

लुम्बिनीको संरक्षण र सम्वर्धनमा लागौं : उपप्रधानमन्त्री सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १० गते १५:२४

१० असार, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र सम्वर्धनमा सबै लाग्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा सुपोत महास्थविरलाई विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक अभिनन्दन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘आजको यो अभिनन्दन कार्यक्रम छ । जुन उहाँले लुम्बिनीमा आएर  धार्मिक, सामाजिक योगदान गर्नुभएको छ । निरन्तर र अनवरत रुपमा योगदान गर्नुभयो’ उनले भने, ‘थाई सरकारले ज्यादै ठूलो सम्मान दिएको छ । बुद्धिजमअघि बढाउन र लुम्बिनीको संरक्षण गर्न आवश्यक छ ।’

सुपोत महास्थविरलाई थाइल्यान्ड सरकारले लुम्बिनीमा आएर गरेको धार्मिक र सामाजिक योगदानबापत सम्मान गरेको छ । सोही बारेमा नेपाली बौद्ध समुदायले पनि सम्मान गरेको हो ।

सुपोत महास्थविरले लुम्बिनीमा आएर धार्मिक र सामाजिक योगदानमा महत्त्वपूर्ण योगदान गरेको बताए ।

उपप्रधानमन्त्री सिंहले बुद्ध धर्म र लुम्बिनी एकअर्काको पर्याय भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?