+
+
Shares

थापाथलीमा बिजुलीको पोलमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १६:४९

११ साउन, काठमाडौं ।  काठमाडौंको थापाथलीस्थित एउटा बिजुलीको पोलमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–११ स्थित सडकको बिजुलीको पोलमा आगलागी भएको हो ।

आगलागी भएलगत्तै महानगरपालिकाको वरुण यन्त्र आगो निभाउन पुगेको थियो ।

नगर प्रहरीसहित पुगेको टोलीले आगो नियन्त्रणमा लिइसकेको छ ।

सँगै तार व्यवस्थापनको काम पनि भइरहेको मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?