+
+
Shares

प्राविधिक त्रुटि सच्याउँदा ७ अंक बढ्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १५:३१

१२ साउन, काठमाडौं । सोमबार सेयर बजार ७ .१० अंक बढेको छ । सो वृद्धिपछि नेप्से १९७१ अंकमा कायम भएको छ । यसअघि अन्तिम १५ मिनेटको भारित औसत गणना त्रुटिपूर्ण हुँदा बजार २ अंक रातोमा थियो । तर नेप्सेले गणनामा प्राविधिक समस्या देखिएको जनाउँदै क्षमायाचनासहित सच्याएको छ ।

१२ : ३८ बजे नेप्से २९१८ अंकसम्म झरेको थियो, जुन विन्दु आजका लागि न्यूनतम रह्यो । त्यसपछि सम्हालिएको बजार, उतारचढाव हुँदै अन्तिम समयमा झिनो अंकले रातो रहन पुग्यो । ११५ कम्पनीको मूल्य बढ्दा १३५ को घटेको छ ।

कारोबार रकममा कमी आएको छ । अघिल्लो दिन २६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १९ अर्ब ३६ करोडको भयो । आज विकास बैंक र व्यापार समूह ३ प्रतिशतभन्दा धेरै बढे । व्यापार ३.२४ र विकास बैंक समूह ३.०४ प्रतिशत बढे । त्यस्तै फाइनान्स २.७५, उत्पादन तथा प्रशोधन २.२३ र बैंकिङ ०.०१ प्रतिशत बढे ।

होटल तथा पर्यटन ०.१८, हाइड्रोपावर ०.२४, लगानी ०.१०, जीवन बीमा ०.५७, माइक्रोफाइनान्स ०.२८, निर्जीवन बीमा ०.७१ तथा अन्य ०.६९ प्रतिशत घटे ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा समता घरेलु लघुवित्त, टे«ड टावर र सान्भी इनर्जी छन् । सूचीकृत भएपछि लगातार १० प्रतिशतका दरले मूल्य बढ्दै गएको सान्भी प्रतिकित्ता ६९९.१० रुपैयाँ मूल्यमा पुगेको छ । त्यस्तै ट्रेड टावरको मूल्य ७८४.३० रुपैयाँ पुगेको छ ।

मैलुङ खोलाको ८.९६ तथा सुपरमादी हाइड्रोपावरको ७.५१ प्रतिशत मूल्य बढ्यो । विन्ध्यबासिनी हाइड्रोपावरको १०, ग्रिन भेन्चर्सको ५.९९ तथा उन्नति सहकार्य लघुवित्तको ४.४१ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर, लुम्बिनी विकास बैंक र एचआईडीसीएल प्रोमोटर छन् । बजारको पूँजीकरण ४९ खर्ब ५८ अर्ब पुगेको छ ।

(नेप्सेले भारित औसत मूल्य गणना गर्दा भएको प्राविधिक समस्याका कारण यसअघि प्रकाशित समाचार अन्यथा भएकाले सच्याइएको छ– सम्पादक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?