+
+
Shares

हवाई सेवा प्राधिकरण विधेयक उच्च प्राथमिकतामा : सभापति यादव

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते १५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ सरकारको उच्च प्राथमिकतामा रहेको बताए।
  • सिंहदरबारमा बसेको समितिको बैठकमा उनले विधेयकलाई उच्च प्राथमिकताका साथ छिटो र प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको उल्लेख गरे।
  • उनले हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरण विधेयक एक अर्काका परिपूरक भएकाले छिटो समितिबाट टुंगो लगाउन जरुरी रहेको बताए।

१३ साउन, काठमाडौैं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले विधेयकलाई उच्च प्राथमिकताका साथ समितिमा छलफल गरिरहेको पनि बताए ।

हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरण विधेयक एक अर्कासँग सम्बन्धित रहेकाले उच्च प्राथमिकताका साथ छिटो समितिबाट टुंगो लगाउन जरुरी रहेको पनि बताए ।

‘हवाई सेवा प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण विधेयक यो एक अर्कासँग सम्बन्धित छ । दुई वटै विधेयक एक अर्काका परिपूरक हुन्,’ उनले भने, ‘संरचना बाहेक अरु उस्तै उस्तै छ । यसलाई कसरी छिटो र प्रभावकारी बनाउने भन्ने विषय हो । छिटोका नाममा दुर्घटना नहोस् ।’

दुई वटै विधेयक एक अर्काका परिपूरक भएको पनि उल्लेख गर्नुभयो । विधेयकलाई छिटो र प्रभावकारी रुपमा अघि बढाउन समिति क्रियाशिल रहेको बतउनु भयो ।

‘यो विधेयक सरकारको उच्च प्राथमिकतामा रहेको छ । यही गतिका साथ पास गर्नेगरी तयारी गर्नुपर्‍यो भन्नेकुरा आएपछि हामीले यसलाई निरन्तर उच्च प्राथमिकताका साथ राखेका छौं,’ उनले भने ।

समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?