+
+
Shares

बागमतीमा कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते ८:२१

१४ साउन,  काठमाडौं । नेपाली कांग्रेसले आज बागमती प्रदेशमा संसदीय दलको नेता चयन गर्दैछ ।

मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामालाई अविश्वासको प्रसाताव गरेर हटाएपछि आज नयाँ नेता चयन गर्न लागिएकी हो ।

लामाविरुद्धको अविश्वासको प्रस्तावको टुंगो मंगलबार लागेको थियो । अविश्वासको प्रस्तावको पक्षमा ३७ मध्ये २२ मत परेको थियो भने लामाको पक्षमा १५ मत ।

अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि लामाले दलको नेताको हैसियत गुमाएका थिए ।

नयाँ नेता चयन गर्न कांग्रेस बागमती प्रदेशले मंगलबार नै निर्वाचन समिति गठन गरेको थियो । हरिशरण श्रेष्ठको संयोजकत्वमा गठित समितिले आज बुधबार नै चुनाव गराउन लागेको हो ।

संयोजक श्रेष्ठले निर्वाचन कार्यतालिका सार्वजनकि गरेका छन् । निर्वाचन कार्यतालिका अनुसार दिउँसो २ देखि ३ बजेसम्म मतादान हुनेछ । मतदान संसदीय दलको कार्यालय परिसरमै हुनेछ ।

त्यसअघि बिहान ८ बजे मतदाता नामावली प्रकाशन,  १० देखि ११ बजे उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

दलको नेताका लागि बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव गर्ने सांसदहरुको पक्षबाछ इन्द्रबहादुर बानियाँ उम्मेदवार हुनेछन् । लामाको पक्षबाट उनी आफैं हुने वा अरुलाई उठाउने भन्ने टुंगो छैन ।

अविश्वासको प्रस्ताव गर्ने सांसदहरूले बानियाँलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् । तर, दलको नेता गुमाए पनि लामाले मुख्यमन्त्री नछोड्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?