+
+
Shares

सुनको भाउ तोलामा १४ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते ११:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ९४ हजार ४ सय रुपैयाँ पुगेको बताएको छ।
  • सुनको मूल्य साउन ७ गते १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको थियो भने अहिले केही घटेको छ।
  • चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर २३१० रुपैयाँ पुगेको महासंघले उल्लेख गरेको छ।

१४ साउन, काठमाडौं । बुधबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँ मूल्य तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार रुपैयाँ थियो । एक साताअघि साउन ७ गते सुन प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३०० रुपैयाँ रहेको चाँदी आज २३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?