+
+
Shares

कांग्रेस बागमती प्रदेश संसदीय दलकाे नेतामा बानियाँकाे जित, साढे २ वर्षमा उल्ट्याए नतिजा

प्रदेश सभाकाे दाेस्राे कार्यकालमा पहिलाे पटक १३ पुस २०७९ मा संसदीय दलकाे निर्वाचन हारेका बानियाँले साढे २ वर्षमै नतिजा उल्ट्याए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।
  • बानियाँले बहादुरसिंह लामा तामाङलाई २२ मतले पराजित गरेका छन् भने लामाले १४ मत पाएका थिए।
  • बानियाँ र लामाले दोस्रो पटक संसदीय दल नेताका लागि प्रतिस्पर्धा गरेका हुन् र बानियाँले पहिलो पटक १३ पुस २०७९ मा हारेका थिए।

१४ साउन, हेटाैंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकाे नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

प्रदेशसभा सचिवालय परिसरमा आज बुधवार भएको दलकाे निर्वाचनमा बानियाँले मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामा तामाङलाई पराजित गरेका हुन् । बानियाँ र लामा दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

कांग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत पाउँदा लामाले १४ मात्रै मत ल्याउन सके । १ मत बदर भएकाे छ । १३ साउन मंगलबार आफू विरूद्ध संसदीय दलमा परेकाे अविश्वासकाे प्रस्तावकाे विपक्षमा १५ मत मात्रै आएपछि उनले दल नेताकाे हैसियत गुमाएका थिए । अविश्वासकाे प्रस्तावकाे पक्षमा २२ मत परेकाे थियाे ।

लामाले दलकाे नेताकाे हैसियत गुमाएपछि आज बुधवार दलकाे नेता चयनका लागि निर्वाचन भएकाे हाे । बानियाँकाे नेतृत्वमा कांग्रेसका २१ जना सांसदले ९ साउनमा दल कार्यालयमा अविश्वासकाे प्रस्ताव दर्ता गरेका थिए । लामा नेतृत्व सरकारका पाँच जना मन्त्रीले राजीनामा दिएर बानियाँलाई साथ दिएका थिए ।

बानियाँ र लामा संसदीय दलकाे नेतामा दाेस्राे पटक भिडेका हुन् । प्रदेश सभाकाे दाेस्राे कार्यकालमा पहिलाे पटक १३ पुस २०७९ मा संसदीय दलकाे निर्वाचन हारेका बानियाँले साढे २ वर्षमै नतिजा उल्ट्याए ।

लामा र बानियाँ दाेस्राे पटक दलकाे नेताका लागि निर्वाचन लडेका हुन् । ४ मंसिर २०७९ मा भएकाे प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेश सभाकाे ठूलाे दल नेपाली कांग्रेस संसदीय दलकाे नेताका लागि १३ पुस २०७९ मा भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित भएका थिए । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?