+
+
Shares

उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

रासस रासस
२०८२ साउन १५ गते १०:१२

१५ साउन, कटारी । उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट इटहरीतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका-४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?