+
+
Shares

२९२२ अंकमा झर्‍यो सेयर बजार, कारोबार पनि घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते १५:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारमा नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२ अंकमा कायम भएको छ।
  • फाइनान्स समूह बाहेक सबै समूहका सूचक घटेका छन् भने फाइनान्स समूह १.१८ प्रतिशतले बढेको छ।
  • नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

१५ साउन, काठमाडौं । अघिल्लो दिन करिब ४८ अंक घटेको सेयर बजार बिहीबार ३१.५० अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २९२२ अंकमा कायम भएको छ ।

आज बजार उतारचढावपूर्ण रह्यो । आजका लागि अधिकतम विन्दु ११ : २४ बजे २९६७ अंक रह्यो भने बन्द भएको अंक नै न्यूनतम रह्यो । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिन १६ अर्ब ४४ करोडको कारोबार भएकोमा आज १५ अर्ब ९८ करोडको भयो । ५२ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो । फाइनान्स बाहेक सबै समूहका सूचक घटे । फाइनान्स १.१८ प्रतिशत बढ्यो ।

व्यापार सबैभन्दा धेरै २.४४ प्रतिशत घट्यो । बैंकिङ १.४४, विकास बैंक ०.४७, होटल तथा पर्यटन ०.९९, हाइड्रोपावर १.१५, लगानी १.३२, जीवन बीमा १.२९, उत्पादन तथा प्रशोधन १.१४, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बीमा ०.७० तथा अन्य ०.३० प्रतिशत घटे ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा ट्रेड टावर, नेपाल फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंक छन् । ग्रिन डेभलपमेन्ट बैंकको ९.९, सप्तकोशी विकास बैंकको ९.८६, सिन्धु विकास बैंकको ६.७४, सान्भी इनर्जीको ५.३९ प्रतिशत मूल्य बढ्यो ।

भूगोल इनर्जीको ७.१०, माइखोला हाइड्रोपावरको ५.७० तथा अपरसोलु हाइड्रो इलेक्ट्रिकको ४.९४ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र लुम्बिनी विकास बैंक छन् ।

यसैबीच आजदेखि जोशी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन खुलेको छ । नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

आगामी माघ मसान्तसम्म पुनर्बीमा कम्पनीहरुले न्यूनतम चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुर्‍याउनेगरी प्रस्ताव गरेका छन् । त्यसैले नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?