
१६ साउन, काठमाडौं । म्यानमारको सैनिक सरकारले चारवर्षे लामो संकटकाल अन्त्य गरेको छ । आगामी डिसेम्बरमा आमनिर्वाचन गराउनका लागि बिहीबार संकटकाल हटाइएको हो ।
सेनाले बहुदलीय प्रजातन्त्र स्थापनाका लागि ६ महिनाभित्र निर्वाचन गराउने जनाएको छ । सैनिक प्रवक्ता जाव मिन तुनले भनेका छन्, ‘बहुदलीय प्रजातन्त्रको बाटोमा देशले चुनाव गराउनका लागि बिहीबार संकटकाल खारेज गरिएको छ, ६ महिनाभित्र चुनाव गरिने छ ।’
तर सेनाले निर्वाचन मिति भने तोकेको छैन । तर दल दर्ताको काम भने भइरहेको छ ।
सेनाले सन् २०२१ फेब्रुअरीमा प्रजातान्त्रिक नेतृ आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता हातमा लिएको थियो । सत्ता हातमा लिएसँगै सेनाले देशभर संकटकाल घोषणा गरेको थियो । सेनाले नागरिक सरकारलाई अपदस्थ गरेयताको गृहयुद्धमा हजारौँ मानिसको मृत्यु भएको छ ।
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको शक्ति हातमा लिएका सेना प्रमुख मिन आङ हलाइङले ६ महिनाभित्र निर्वाचन गरिने बताएका छन् ।
प्रतिक्रिया 4