+
+
Shares

प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धराशायी बन्दै गए : शेखर कोइराला

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सन् २००० ब्याजका एमबीबीएस विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै कोरालाले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरुले भने जस्तो काम गर्न नसकेको आरोप लगाए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरु धरासायी बन्दै गएको आरोप लगाए।
  • कोइरालाले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरुले भने जस्तो काम गर्न नसकेको बताए।
  • बीपी प्रतिष्ठानबाट पढेका डाक्टरहरु गर्व गर्न लायक काम गरिरहेको उल्लेख गरे।

१६ साउन, काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धराशायी बन्दै गएको बताएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सन् २००० ब्याजका एमबीबीएस विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै कोरालाले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरुले भने जस्तो काम गर्न नसकेको आरोप लगाए ।

उनले भने,’नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरुले भने जस्तो काम गर्न सकिरहेको छैन । यसमा प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्थाहरु धरासायी बन्दै गएको हो।’

स्वास्थ्य संस्थाहरुलाई स्वतन्त्र रुपले सेवा गर्न दिनुपर्ने कोइरालाको भनाइ थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति समेत रहेका कोइरालाले बीपी प्रतिष्ठानबाट पढेका डाक्टरहरु जहाँ-जहाँ पुगे पनि सबैले शिर उचो राख्ने र गर्व गर्न लायक काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?