+
+
Shares

माइतीघरमा नकाब लगाएर पिछडावर्गको प्रदर्शन (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८२ साउन १९ गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पिछडा वर्ग महासंघले ५ बुँदे माग राख्दै १५५औं दिन माइतीघरमा नकाब लगाएर आन्दोलन गरेको छ।
  • महासंघले सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रिनु परेको समितिले जनाएको छ।
  • राष्ट्रिय समावेशी आयोगले पिछडा वर्गको थर सूचीकरण प्रतिवेदन मन्त्रिपरिषदबाट पास गरी नियुक्ति यथाशीघ्र गर्न माग गरेको छ।

१९ साउन, काठमाडौं। नेपाल पिछडा वर्ग महासंघले सरकारसँग ५ बुँदे माग राख्‍दै आन्दोलन गरेको आज १५५औ दिन पुगेको छ ।

उनीहरूले माइतीघरमा नकाब लगाएर प्रदर्शनमा उत्रिएका हुन् ।

महासंघसँग सरकारले पटक-पटक गरेको सम्झौता कार्यान्वयन नभएको भन्‍दै आन्दोलनमा उत्रिनु परेको पिछडावर्ग आन्दोलन समितिले जनाएको छ ।
यस्तै राष्ट्रिय समावेशी आयोगले पिछडा वर्गको थर सूचीकरण सम्बन्धी मन्त्रालयमा बुझाएको प्रतिवेदन मन्त्रिपरिषदबाट पासगरी यथाशीघ्र नियुक्त गर्न माग गरेका छन् ।

तीन वटै समितिमा विगत २ वर्षदेखि निरन्तर रुपमा कार्यरत कर्मचारीहरूलाई बिनाकारण सेवाबाट अवकास गरिएको पुनर्बाहली गर्न माग गरेका ५न् ।

यसका साथै पटक-पटक नेपाल पिछडा वर्ग, दलित संघ तथा बादी संघ समुदायबीचमा भएका सम्झौताहरू लागु गर्नुपर्ने उनीहरूको माग छ ।

हेर्नुहोस् तस्वीरहरू :

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?