
News Summary
Generated by OK AI. Editorially reviewed.- चर्चित कलाकार धनुष र मृणाल ठाकुर डेटिङ गरिरहेको भारतीय मिडियामा चर्चा चलेको छ।
- धनुष र मृणालले ‘सन अफ सरदार २’को प्रिमियरमा एकसाथ देखिएका थिए र ‘तेरे इश्क में’को र्याप पार्टीमा मृणाल उपस्थित थिइन्।
- स्रोतले भने, “हो, यो सत्य हो कि उनीहरू डेटिङ गरिरहेका छन् तर यो धेरै प्रारम्भिक चरणमा छ र सार्वजनिक घोषणा गर्ने योजना छैन।”
मुम्बई । चर्चित कलाकार धनुष र मृणाल ठाकुरले डेटिङ गरिरहेको चर्चा भारतीय मिडियामा गर्माएको छ ।
हालै यी सेलिब्रेटीलाई ‘सन अफ सरदार २’को प्रिमियरमा एकसाथ देखिएको थियो । धनुषको आगामी हिन्दी फिल्म ‘तेरे इश्क में’को र्याप पार्टीमा मृणालको उपस्थितिले पनि यो आशंकालाई बल मिलेको छ ।
रेडिटमा आएको खबरअनुसार, यी दुईजनाको संयुक्त स्पोटीफाई प्लेलिस्ट पनि छ । ‘आगो नबलेसम्म त्यहाँ धुवाँ देखिँदैन’ न्यूज एट्टिन लेख्छ, ‘यो जोडीको सम्बन्धबारे केही नयाँ कुरा आइरहेका छन् ।’
मृणाल पछिल्लो समय दक्षिण भारतमा छायांकनमा ब्यस्त थिइन् । सोही समयमा यी दुईजना कलाकार निकट भएको अनुमान गरिएको छ ।
स्रोतले यसबारे भन्यो, ‘हो, यो सत्य हो कि उनीहरू डेटिङ गरिरहेका छन् । तर यो धेरै प्रारम्भिक चरणमा छ । उनीहरूले आफ्नो सम्बन्धलाई सार्वजनिकरुपमा भन्ने कुनै योजना बनाएका छैनन् । साथै, उनीहरू बाहिर निस्कने र देखिने कुरामा पनि विचलित छैनन् ।’
स्रोतले अघि भन्यो, ‘सीता राममको सफलताले मृणालको लागि दक्षिण फिल्म उद्योगमा ढोका खोल्यो । उनी एकै साथ मुम्बईमा पनि काम गरिरहेकी छिन् । मृणाल, जो हाल आदिवी सेशसँग डकोइट ः अ लभ स्टोरीको छायांकन गरिरहेकी छिन्, मुम्बई र हैदराबादबीच आवतजावत चलिरहेको छ । त्यसबेला उनले धनुषलाई भेटेकी थिइन् । मित्रता गहिरो हुँदै गयो र अब उनीहरू प्रेममा छन् ।’
गत जुनमा मुम्बईमा आयोजित काजोलको फिल्म ‘माँ’को प्रिमियरको समयमा पनि मृणाल र धनुषको निकटताले दर्शकको ध्यान खिचेको थियो ।
यसबाहेक, ’सन अफ सरदार २’को प्रिमियरको समयमा मृणालको गेस्ट लिस्टमा धनुषको नाम सामेल थियो । यदि यो सत्य हो भने, यो जोडीले साँच्चै कुनै एक फिल्ममा अनस्क्रिन रोमान्स पनि गर्नेछन् ।
यसै सन्दर्भमा, मृणालले कहिल्यै पनि आफ्नो सम्बन्धको बारेमा सार्वजनिक रूपमा बोलेकी छैनन् । केही समय अघि, लभ सोनिया र सुपर ३० का अभिनेता र्यापर बादशाहसँग डेट गरिरहेको हल्ला फैलिएको थियो ।
धनुषको कुरा गर्ने हो भने, उनी पहिले ऐश्वर्या रजनीकान्तसँग १८ वर्षसम्म वैवाहिक सम्बन्धमा थिए । सन् २०२२ मा उनीहरू अलग भए ।
प्रतिक्रिया 4