+
+
Shares

‘रेडक्रसको नवगठित समितिलाई जिल्ला अधिवेशन गर्ने कार्यादेश छैन’

विनोदकुमार शर्माको नेतृत्वमा सरकारले ९ साउनमा तदर्थ समिति गठन गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते १४:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिले जिल्ला अधिवेशनको मिति तोकेपछि कार्यादेश भन्दा बाहिर गएको निर्णय सच्याउन ध्यानाकर्षण गरिएको छ।
  • परिवर्तन नेपाल रेडक्रस अभियानले जिल्ला समितिको निर्वाचन र निर्वाचन अधिकारी तोक्ने निर्णय सरकारले तोकेको कार्यादेशभन्दा फरक रहेको जनाएको छ।
  • सरकारले ९ साउनमा विनोदकुमार शर्माको नेतृत्वमा तदर्थ समिति गठन गरी तीन महिनाभित्र निर्वाचित कार्यसमिति ल्याउन कार्यादेश दिएको थियो।

२१ साउन, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिले जिल्ला अधिवेशनको मिति तोकेपछि कार्यादेश भन्दा बाहिर गएको निर्णय सच्याउन ध्यानाकर्षण गरिएको छ ।

विगतमा रेडक्रस सोसाइटीमा कार्यरत रहेकाहरूले गठन गरेको ‘परिवर्तन नेपाल रेडक्रस अभियान’ ले जिल्ला समितिको निर्वाचन र निर्वाचन अधिकारी तोक्ने निर्णय सरकारले तोकेको कार्यादेश भन्दा फरक रहेको जनाएको छ ।

विनोदकुमार शर्माको नेतृत्वमा सरकारले ९ साउनमा तदर्थ समिति गठन गरेको थियो ।

तदर्थ समितिलाई विधान संशोधन र तीन महिनाभित्र निर्वाचित कार्यसमिति ल्याउन सरकारले कार्यादेश दिएको छ ।

संशोधित विधान बमोजिम केन्द्रीय महाअधिवेशन गर्ने समेतको जिम्मेवारी प्राप्त गरेको तदर्थ समितिले कार्यादेश अनुसार कार्य नगरेको अभियानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?