
२१ साउन, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवन्तिका राईलाई साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेको छ ।
१९ साउनमा बसेको पदाधिकारी बैठकले खरेल र राईलाई पार्टी निकालाको निर्णय गरेको प्रवक्ता निरोज पौडेलले वक्तव्य मार्फत् जानकारी दिएका छन् ।
‘बैठकले निजहरूलाई संगठनको बिधान बमोजिम साधारण सदस्य समेत नरहनेगरी कारबाही गर्ने र पार्टीको सदस्यता समेत खारेज गर्न सिफारिस गर्ने निर्णय गरेको छ’, वक्तव्यमा भनिएको छ ।
यसअघि उनीहरूलाई निलम्बन गरिएको थियो । पार्टी र नेतृत्वको मर्यादामाथि आँच आउनेगरी गतिविधि गरेकाले निलम्बन गरिएको जनाइएको थियो ।
तर खरेल र राईले भने दशौं राष्ट्रिय महाधिवेशनमा सुमन पुरीको पक्षमा उभिएको तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा वकालत गरेकाले आफूहरूलाई निलम्बन गरिएको बताइरहेका छन् ।
प्रतिक्रिया 4