
News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटबाट स्रोत नखुलेको नगद ५ लाखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेहरूमा काभ्रे बनेपाका २१ वर्षीय कोराजन धमला र भारत घर भएका २० वर्षीय ऋषिकेश गोडेसे रहेका छन्।
- प्रहरीले प्रदेश ३-०२-००३ प १६८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई काठमाडौंतर्फ आउँदै गर्दा फेला पारी पक्राउ गरेको हो।
२७ साउन, काठमाडौं । स्रोत नखुलेको रकमसहित भक्तपुरबाट २ जना पक्राउ परेका छन् ।
चाँगुनारायण नगरपालिका–२ दुवाकोटबाट स्रोत नखुलेको नगद ५ लाख सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काभ्रे बनेपा बस्ने सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–१ घर भएका २१ वर्षीय कोराजन धमला र भारत घर भएका २० वर्षीय ऋषिकेश गोडेसे रहेका छन् ।
प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले काभ्रे बनेपाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०२-००३ प १६८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4