+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लाओसबाट नेपाल ल्याइएको ८ किलो सेतो हेरोइनसहित २ विदेशी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १४:५६

२० साउन, काठमाडौं । लाओसबाट हवाईमार्ग हुँदै नेपाल ल्याइएको करिब ८ किलो सेतो हेरोइनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय फिरोज अहमल र भारतकै ३२ वर्षीय मौलिस्वरन नजुदामुर्ती कुर्नाल भेल नाम गरेका व्यक्ति छन् ।

उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो । १७ साउनमा लाओसबाट बैंकक हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका फिरोजलाई ४ किलो सेता हेरोइनसहित ब्यूरोको टोलीले विमानस्थलको अराइभल एरियाबाट पक्राउ गरेको थियो ।

यसको भोलिपल्ट लाओसबाटै बैंकक हुँदै आएका भेललाई पनि अराइभल एरियाबाट ३ किलो ८ सय ग्राम सेता हेराइनसहित पक्राउ गरिएको ब्यूरोका एसएसपी कृष्ण कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?