+
+
Shares

एक्कासी किन सुस्त भयो पृथ्वीको गति ?

एजेन्सी एजेन्सी
२०८२ भदौ ३ गते १३:५४

गत अगष्ट ५ मा वैज्ञानिकहरुले एउटा निकै अनौठो घटना ‘नोट’ गरे । त्यसदिन पृथ्वीको परिक्रमाको गति सामान्य भन्दा एक्कासी कम भएको थियो । जसका कारणले दिन केही लामो भयो ।

यद्यपि पृथ्वीको गतिमा आएको गिरावट र दिनको लम्बाइमा भएको वृद्धि आम मानिसले हेक्का पाउने कुरै भएन । तथापि वैज्ञानिकहरुले उक्त घटनालाई महत्वपूर्ण परिघटना भएको बताएका छन् । सो घटनाले पृथ्वीलाई आफ्नो अक्षमा परिक्रमा गर्ने कार्यलाई प्रभावित पार्ने शक्तिहरुका बारेमा महत्वपूर्ण जानकारी प्रदान गर्नसक्ने वैज्ञानिकहरुको भनाइ छ ।

पृथ्वी आफ्नो अक्षमा घुम्दछ र सूर्यको वरिपरि पनि परिक्रमा गर्दछ । भूमध्यरेखामा पृथ्वीको गति १६७० किलोमिटर प्रतिघण्टा छ । त्यसैगरी सूर्यको परिक्रमा गर्दा यसको गति चाहिँ प्रतिघण्टा १ लाख ७ हजार किलोमिटर रहेको छ ।

वैज्ञानिकहरुका अनुसार अगष्ट ५ मा पृथ्वीले आफ्नो अक्षमा एकपटक घुम्नका लागि ८६४००.००१४५ सेकेण्ड लगायो । यो भनेको औसतभन्दा १.४५ मिलिसेकेन्ड अधिक हो । पृथ्वीको घुम्ने गतिमा यो परिवर्तन सानो हो । जसका कारणले गर्दा परमाणु घडी तथा खगोलीय अवलोकनको उपयोग गरेर सटिक मापनबाट मात्रै उक्त तथ्य पत्ता लागेको हो ।

वास्तवमा एक सौर्य दिन अर्थात् २४ घण्टामा ८६ हजार ४ सय सेकेण्ड हुन्छ । यो अवधि भनेको पृथ्वीले आफ्नो अक्षमा एकपटक घुम्न लाग्ने समय हो । यसमा हावाको ढाँचा, सामुद्रिक ज्वारभाटा तथा पृथ्वीको आन्तरिक भागमा हुने गतिविधिहरुको परिवर्तनले स–साना परिवर्तनहरु स्वभाविक रुपमा हुन्छन् । यसका अलावा चन्द्रमाको ज्वारीय गुरुत्वाकर्षणले पनि पृथ्वीको परिक्रमण गतिलाई सुस्त बनाउनमा भूमिका खेल्दछन् ।

वैज्ञानिकहरुका अनुसार अगष्ट ५ का दिन पृथ्वीको घुम्ने गतिमा आएको गिरावट दक्षिण गोलार्धस्थित वायुमण्डलीय परिस्थितिहरुसँग सम्बन्धित थियो । कतिपय क्षेत्रहरुमा सामान्यभन्दा तीव्र गतिको हावाले पृथ्वीको सतहमा एक मिनेटको ब्रेक लगायो, जसबाट दिनको लम्बाईमा मिलि सेकेण्डको वृद्धि भयो ।

चन्द्रमाको गुरुत्वाकर्षणबाट प्रभावित सामुद्रिक ज्वारभाटाहरुले पनि यसमा योगदान गरे । वैज्ञानिकहरुका अनुसार जब ज्वारीय गुरुत्वाकर्षण अधिक हुन्छ, तब यस्तो खालका घटनाहरु देख्न पाइन्छ । पृथ्वीको तरल अवस्थामा रहेको आन्तरिक संरचनामा हुने गतिविधिहरुले पनि घुम्ने गतिलाई प्रभावित गर्दछन् ।

वैज्ञानिकका अनुसार पृथ्वीको गतिमा एक मिलीसेकेन्डभन्दा केही मात्रै पनि अधिक परिवर्तन भयो भने त्यसले जिपिएस नेभिगेसन तथा उपग्रह सञ्चार जस्ता अत्यधिक सटीक प्रणालीहरुलाई प्रभावित गर्न सक्दछन् । यदि यस्तो भएमा समयसँग सम्बन्धित विभिन्न गणनाहरुमा त्रुटि आउन सक्दछ ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?