+

साफ यू-१७ महिला च्याम्पियनसिप : भारतसँग नेपालको फराकिलो हार

२०८२ भदौ  ४ गते १६:३९ २०८२ भदौ ४ गते १६:३९
साफ यू-१७ महिला च्याम्पियनसिप : भारतसँग नेपालको फराकिलो हार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भुटानमा सुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतले नेपाललाई ७-० गोलअन्तरले हराएको छ।
  • नेपालको मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य रहेको बताएका थिए।
  • प्रतियोगिता भुटानको चाङ्लिमिथाङ रंगशालामा २० अगस्टदेखि ३१ अगस्टसम्म डबल राउण्ड रोबिन लिगमा खेलिनेछ।

४ भदौ, काठमाडौं । भुटानमा आजदेखि सुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग फराकिलो अन्तरले पराजित भएको छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा भारतले नेपाललाई ७-० गोलअन्तरले हराएको हो । पहिलो हाफमै ५ गोल गरेको भारतले दोस्रो हाफमा थप २ गोल मात्र गरेको थियो ।

मंगलबार आयोजित प्रि-म्याच कन्फेरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि जित्ने मुख्य लक्ष्य भएको बताएपनि पहिलो खेलमै नेपाललाई ठुलो धक्का लागेको छ ।

अगस्ट २० देखि ३१ सम्म भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी छन् । प्रतियोगिता डबल राउण्ड रोबिन लिगमा खेलिनेछ र सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।

आजै हुने अर्को खेलमा आयोजक भुटानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले अब अर्को खेलमा शुक्रबार भुटानसँग खेल्नेछ ।

साफ यू-१७ महिला च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय