+
+
Shares

वर्षाका कारण प्रभावित हवाई उडान सामान्य

आज विमानस्थल लामो समय ठप्प नभए पनि १०/१५ मिनेट बन्द हुने र पुन: खुल्ने हुने गरेको विमानस्थलका महाप्रवन्धक हंसराज पाण्डेले जानकारी दिए । 

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १७:५९
फाइल तस्वीर

६ भदौ, काठमाडौं । शुक्रबार उपत्यकामा परेको भारी वर्षाका कारण प्रभावित हवाई उडान सामान्य भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार साँझ वर्षा थामिएसँगै उडान/अवतरण सामान्य बनेको छ । आज विमानस्थल लामो समय ठप्प नभए पनि १०/१५ मिनेट बन्द हुने र पुन: खुल्ने हुने गरेको विमानस्थलका महाप्रवन्धक हंसराज पाण्डेले जानकारी दिए ।

‘वर्षा एकै स्थानमा केन्द्रित भएन, सिमरामा खुल्दा काठमाडौं बन्द हुने र काठमाडौं खुल्दा अन्यत्र बन्द हुने जस्तै भयो,’ उनले भने, अब सबै उडान/अवतरण सामान्य बनेको छ ।’

आज उडानहरू केहीबेर ‘होल्ड’ भए पनि रद्द हुने समस्या भने नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?