
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रमोद खरेल एन्ड परम्परा ब्याण्डले सिड्नीमा २ घण्टासम्म सांगीतिक प्रस्तुति दिएर अस्ट्रेलिया टूरको थालनी गरेको छ।
- ब्याण्डले सेप्टेम्बरमा मेलबर्न, न्यूक्यासल, क्यानबेरा र ब्रिसबेनमा प्रस्तुति दिनेछ र नेपालका अटिजम भएका बालबालिकालाई सहयोग गर्ने उद्देश्य राखेको छ।
- परम्परा ब्याण्डले आगामी जुन र जुलाईमा अमेरिका टूर गर्ने योजना बनाएको गायक प्रमोद खरेलले जानकारी दिनुभयो।
सिड्नीमा भव्य प्रस्तुति दिएसँगै ‘प्रमोद खरेल एन्ड परम्परा’ ब्याण्डले प्रतीक्षित अस्ट्रेलिया टूरको थालनी गरेको छ ।
शुक्रबार सिड्नीको मिन्टोमा आयोजित आउटडोर कन्सर्टमा ब्याण्डले आफ्ना हिट गीतहरूसँगै २ घण्टासम्म दर्शकलाई भरपुर सांगीतिक मनोरञ्जन दियो ।
रिलिज तयारीमा रहेको ब्याण्डको नयाँ गीत ‘काली टोपीले’लाई प्रमोदले गाउँदा दर्शक नाचे । तीजसँगै ठूला नेपाली चाडपर्वको सुरुवात भएकाले पनि दर्शकको लागि नाच्नको लागि बहाना चाहिएको थियो ।
दर्शकको यो मुड बुझेरै होला प्रमोद र उनको ब्याण्डले दर्शकलाई भरपुर सांगीतिक मजा दिए ।
अब ब्याण्डले सेप्टेम्बर १ मा मेलबर्न, सेप्टेम्बर १२ मा न्यूक्यासल, सेप्टेम्बर १३ मा क्यानबेरा र सेप्टेम्बर १५ मा ब्रिसबेनमा प्रस्तुति दिँदैछ ।
मेला हब र निंगेन फाइन मिट्सले आयोजना गरेको यो टूरको उद्देश्य नेपालमा रहेका विपन्न परिवारको अटिजम भएका बालबालिकालाई सहयोग गर्नु हो ।
परम्परा ब्याण्डले आफ्ना सिर्जना लगातार रिलिज गर्ने गायक खरेलले जानकारी दिए । यो ब्याण्डका केही गीत लाइनअपमा छन् ।
अहिले ब्याण्डको प्रमुख गायकमा प्रमोद, लिड गिटारिस्टमा देवासिस तामाङ, बेस गिटारिस्टमा कुशल थापा, बाँसुरीमा सञ्जीव मैनाली, ड्रममा भूपेन्द्र रसाइली, मादलमा जेपी जोशी, किबोर्डमा राहुल भुजेल छन् ।
ब्याण्डले आगामी जुन र जुलाईमा अमेरिका टूर गर्दैछ ।
प्रतिक्रिया 4