
News Summary
Generated by OK AI. Editorially reviewed.- मौसमविद हरिप्रसाद दाहालले आज देशभर मध्यम वर्षाको सम्भावना रहेको बताए।
- भोलि र पर्सि गण्डकीदेखि पश्चिमका भूभागमा बढी पानी पर्ने सम्भावना छ।
- आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने मौसमविदले खुलाएका छन्।
११ भदौ, काठमाडौं । अघिल्लो दिनको तुलनामा आज मनसुन केही सक्रिय रहने मौसमविदले पूर्वानुमान गरेका छन् । केही दिनयता चर्को घाम लागेकोमा आज देशभर साधारणतया बदली हुने हुँदा केही शीतल महसुस हुनेछ । त्यतिमात्र होइन आज धेरैजसो ठाउँमा मध्यम वर्षाको समेत सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद मौसमविद हरिप्रसाद दाहालले आज धेरैजसो ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको बताए ।
भोलि र पर्सि भने गण्डकीदेखि पश्चिमका भूभागमा अलि बढी पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिए । ‘आज धेरैजसो ठाउँमा मध्यम वर्षाको सम्भावना छ,’ मौसमविद दाहालले भने, ‘भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका भूभागमा अलि धेरै पानी पर्ने सम्भावना छ ।’
कुनै–कुनै ठाउँमा भारी वर्षा पनि हुनसक्ने उनले बताए । तर भारी वर्षा सबैतिर एकनासले नभई खण्डित रुपमा हुने उनको भनाइ छ ।
आजको अवस्था कस्तो ?
मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख भए अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायतका पहाडी भूभागका केही स्थानहरू र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भने भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान छ ।
आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक/दुई स्थानमा भने भारी वर्षा पनि हुन सक्ने छ ।
प्रतिक्रिया 4