+
+
Shares

देवनागरी लिपिमा इम्बोस्ड नम्बर लागु गर्न माग

आर्यन धिमाल आर्यन धिमाल
२०८२ भदौ ११ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा 'जाग नेपाली' समूहले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दै प्रदर्शन गरेको छ।
  • समूहले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेटलाई राष्ट्रघातीको संज्ञा दिएका छन् र देवनागरी लिपिमा नम्बर प्लेट लागु गर्न माग गरेका छन्।
  • यातायात व्यवस्था विभागले असोज १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिबाना नलाग्ने स्पष्ट पारेको छ।

११ भदौ, काठमाडौं । रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गरेर काठमाडौंमा प्रदर्शन भएको छ

‘जाग नेपाली’ समूहले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेटलाई राष्ट्रघातीको संज्ञा दिएको छ ।

उनीहरूले देवनागरी लिपिमा इम्बोस्ड नम्बर लागु गर्न माग गरेका छन् ।

देवनागरी लिपिको रक्षा गरौं, नेपाली भाषा र लिपि मेट्न पाइँदैन, इम्बोस्डका भ्रष्टाचारीलाई जेल हाल लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

सरकारले २० साउन २०८२ मा १ असोजदेखि लागु हुने गरी इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न भनेको थियो ।

जनस्तरबाटै यसको विरोध भएपछि यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे जरिबाना नलाग्ने मंगलबार स्पष्ट पारेको छ ।

विभागले आफूलाई अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा गइ स्वत: स्फुर्त ढंगले इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने बताएको छ ।

विभागले एक सूचना जारी गर्दै आगामी असोज १ गतेभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे दण्ड/जरिबाना लाग्ने कुरालाई निराधार भन्दै भ्रममा नपर्न आग्रह गरेको थियो ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?