
News Summary
Generated by OK AI. Editorially reviewed.- ८० वर्षअघि नाजीहरूले यहुदी कला व्यापारीबाट लुटेको इटालियन चित्रकार जिसेप जिसलान्डीको ‘अ लेडी’ चित्रकला हालै फेला परेको छ।
काठमाडौं । ८० वर्षअघि नाजीहरूले यहुदी कला व्यापारीबाट लुटेको इटालियन चित्रकार जिसेप जिसलान्डीको ‘अ लेडी’ नामक चित्रकला हालै फेला परेको छ । उक्त चित्र घरजग्गा बेच्ने एक एजेन्टको वेबसाइटमा देखिएको हो ।
डच पत्रिका एडीका अनुसार उक्त चित्र हराएको कलाकृतिको सूचीमा थियो । जसलाई ज्याक गौडस्टिक्कर नामक यहुदी कला व्यापारी नाजीहरूले चोरी गरेका थिए ।
दोस्रो विश्व युद्धपछि अर्जेन्टिना गएका वरिष्ठ नाजी अधिकारीको घर विक्रीका लागि राखिएको विज्ञापनमा सो चित्रकला सोफामाथि झुण्ड्याइएको अवस्थामा देखियो । यो चित्रकला फ्रेडरिच काडगेन नामक व्यक्तिको कब्जामा थियो । उनी नाजी अधिकारी हर्मन गोरिङका वित्तीय सहयोगी थिए ।
उनीलगायत अन्य नाजीहरूले गौडस्टिक्करबाट ११०० भन्दा बढी कलाकृतिहरू लुटेका थिए । तीमध्ये केही युद्ध अन्त्यपछि फेला परेका थिए । तर अझै धेरै हराइरहेका छन् ।
यसअघि सोही घरधनीको सामाजिक सञ्जालमा १७औं शताब्दीका डच चित्रकार अब्राहम मिग्नोनले बनाएको अर्को चोरिएको कलाकृति पनि फेला परेको थियो ।
अहिले ‘अ लेडी’ नामक चित्रकला फर्काउन गौडस्टिक्कर परिवारले सहमति जनाएको बीबीसीले बताएको छ ।
प्रतिक्रिया 4