
News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालत बार एसोसिएसनले जेनजी प्रदर्शनमा भएको दमनको निन्दा गरेको छ।
- सचिव रमणकुमार कर्णले घटनाले राज्य प्रशासनको निरंकुश छविलाई उजागर गरेको उल्लेख गर्नुभयो।
- बारले सरकारलाई स्थिति थप प्रतिकूल नबनाउन संयमित, मर्यादित र जिम्मेवार हुन अनुरोध गरेको छ।
२३ भदौ, काठमाडौं। सर्वोच्च अदालत बार एसोसिएसनले जेनजीको प्रदर्शनको क्रममा भएको दमनको निन्दा गरेको छ।
सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गर्दै घटनाले राज्य प्रशासनको निरंकुश छविलाई उजागर गरेको जनाएका छन् ।
‘जेनजीको आन्दोलनमा प्रहरी र प्रशासनबाट भएको शक्तिप्रदर्शन र सुरक्षाकर्मीबाट चलाइएको गोली लाग िसणैं प्रदर्शनकारी घाइते भएको र सार्वभौम नागरिकहरूको मृत्यु समेत हुन गएकोतर्फ यस बारको गम्भीर ध्यानकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
सर्वोच्च बारले विरोध गर्नु सार्वभौम नागरिकको सार्वभौम अधिकार भएको उल्लेख गर्दै स्थिति थप प्रतिकूल हु नदिन सरकारलाई संयमित, मर्यादित र जिम्मेवार हुन अनुरोध गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4