
२३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले जेन–जी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेको भन्दै निन्दा गरेका छन् ।
जेन–जी पुस्ताको आन्दोलनलाई दमनका माध्यमबाट नभई उनीहरूको मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै समाधानको बाटो पहिल्याउन उनले सरकारसमक्ष अपिल गरेका छन् । यसमा ढिलाइ गर्नु आत्मघाती कदम हुने चेतावनी उनले दिएका छन् । आज सामाजिक सन्जाल फेसबुकमा पोष्ट गर्दै उपमहासचिव शर्माले सो चेतावनी दिएका हुन् ।
‘आन्दोलनलाई दमन गरेर रोक्न सकिँदैन भन्ने कुरा इतिहासले धेरैपटक पुष्टि गरिसकेको छ । यस विषयमा सरकार र राजनीतिक दलहरू गम्भीर बन्नैपर्छ,’ शर्माले लेखेका छन्, ‘सबैले आफ्ना कमजोरीहरू स्वीकार गरी जनतासँग माफी माग्नुको विकल्प छैन ।’
पूर्वगृहमन्त्री शर्माले आन्दोलनकारीहरूलाई संयमित र शान्तिपूर्ण तरिकाले आन्दोलन सञ्चालन गर्न अपिल गसमेत गरेका छन् ।
सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्न कूटनीतिक पहलमार्फत दर्ता प्रक्रिया अगाडि बढाउन उनले माग गरेका छन् ।
त्यस्तै, भ्रष्टाचारविरुद्ध कडा कदम चाँडै चाल्न र २०४६ सालयताका सम्पूर्ण सरकारी पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्न पनि उनले माग गरेका छन् ।
प्रतिक्रिया 4