+
+
Shares

पोस्टमार्टमका लागि १६ शव टिचिङ अस्पताल पुर्‍याइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते ११:५०

२४ भदौ, काठमाडौं । सोमबार नयाँ पुस्ताका युवा (जेनजी) हरूले काठमाडौंको विभिन्न स्थानमा गरेको प्रदर्शनका क्रममा मृत्यु भएकालाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले १६ शव पोस्टमार्टमका लागि अस्पताल आइपुगेको बताएका छन् ।

‘शव ल्याउने क्रम जारी छ । अहिलेसम्म १६ वटा आइपुगकेका छन्, ’ डा. चौधरीले अनलाइनखबरसँग भने, ‘बाँकी अस्पतालमा होलान् ।’

डा. चौधरीका अनुसार पोस्टमार्टम प्रक्रिया अहिले थालिएको छैन ।

‘प्रहरी प्रशासनले पोस्टमार्टम गर्नका लागि पत्र नदिएसम्म हामीले काम सुरु गर्न मिल्दैन,’ डा चौधरीले भने, ‘ पत्र आएपछि मात्रै पोस्टमार्टमको प्रक्रिया सुरु हुन्छ ।’

अहिलेसम्म आएका शवलाई फिज्रमा राखिएको छ । हिजोको प्रर्दशनका कारण ४ सयभन्दा बढी घाइते र १९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?