News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका कारण त्रिवि शिक्षण अस्पतालको एनेक्स वान ५०१ नम्बर बेडमा भर्ना गरिएको छ।
- आज बिहान पक्राउ परेपछि ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो र सुरुमा रेड जोन २७ नम्बर बेडमा राखिएको थियो।
- नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले ओलीको रक्त जाँच र भिडियो एक्सरे गरी ५०१ नम्बर बेडमा सारिएको अस्पताल स्रोतले बताएको छ।
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना भएका छन् । उनलाई ‘एनेक्स वान’को ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।
आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न उनलाई अस्पताल लगिएको थियो ।
उनलाई सुरुमा अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको थियो । त्यहाँ उनलाई नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो । मुटु सम्बन्धी डाक्टरले पनि उनको जाँच गरेका थिए । ‘रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि ओलीलाई एनेक्स वानको ५०१ नम्बर बेडमा भर्ना गरिएको छ,’ अस्पताल स्रोतले बतायो ।
५०१ नम्बर बेड भएको भवनमा लैजाँदा ओलीलाई उनकै गाडी चढाएर लगिएको थियो ।
टिचिङको ५०१ नम्बर बेड मिर्गौला प्रत्याराेण गरेका बिरामीलाई राख्ने बेड हाे । ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन् । उनको दुईपटकसम्म मिर्गौला प्रत्यारोपण भएको छ ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि प्रहरीले पूर्वप्रधानमन्त्री ओलीलाई आज बिहान गुण्डु निवासबाट पक्राउ गरेको थियो । तत्कालीन गृहमन्त्री रमेश लेखक पनि आजै पक्राउ परेका छन् ।
आज शनिबारको दिन सार्वजनिक बिदा भएकाले उनीहरुलाई आइतबार मात्रै अदालत पेस गर्ने तयारी छ ।
प्रतिक्रिया 4