+
+
Shares

सिंहदरबार प्रवेश गरेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले निकाल्यो, बाहिर झडप जारी

जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन केही प्रदर्शनकारी सिंहदरबारको पश्चिमी गेटबाट भित्र प्रवेश गरेका थिए।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंहदरबारभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले बाहिर निकालेका छन्।
  • सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरिरहेका छन् भने प्रदर्शनकारीले पनि अश्रुग्यास प्रहार गरिरहेका छन्।
  • सिंहदरबारदेखि रामशाहपथ र पद्मोदय मोडसम्म प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध बनाएका छन्।

२४ भदौ, काठमाडौं। मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले बाहिर निकालेको छ।

जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन केही प्रदर्शनकारी सिंहदरबारको पश्चिमी गेटबाट भित्र प्रवेश गरेका थिए। उनीहरू गेटभित्र रहेको बगैचासम्म पुगेका थिए।

बाहिर निकालिएका प्रदर्शनकारी पुन: भित्र प्रवेशको लागि प्रयास गरिरहेका छन्। यसक्रममा पश्चिम गेट तनावग्रस्त छ।

सुरक्षाकर्मीले लगातार अश्रुग्यास प्रहार गरिरहेका छन्। तिनै अश्रुग्यास उठाएर प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि प्रहार गरिरहेका छन्।

लगातार अश्रुग्यासको प्रहारका कारण सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा पिरो धुँवाको कुइरीमण्डल भएको छ।

प्रधानमन्त्री कार्यालय अगाडि नेपाली सेनाको दमकल तयारी अवस्थामा राखिएको छ। परिसरभित्र सशस्त्र र जनपद प्रहरीको ठूलो संख्यामा उपस्थिति छ।

सिंहदरबार चोकदेखि रामशाहपथ र पद्मोदय मोडसम्म प्रदर्शनकारीले ठाउँठाउँमा टायर बालेका छन्। सडकमा राखिएका प्लाष्टिकका डिभाइडर जम्मा पारेर जलाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?