+
+
Shares

सिंहदरबारमा प्रदर्शनकारीले यसरी लगाए आगो (तस्वीर/भिडियो)

कमल प्रसाईं कमल प्रसाईं
२०८२ भदौ २४ गते १६:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २४ भदौमा सिंहदरबारभित्र प्रदर्शनकारीले प्रवेश गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आगजनी गरेका छन्।
  • जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन केही प्रदर्शनकारी सिंहदरबारको पश्चिमी गेटबाट भित्र पसेका थिए।
  • सुरक्षाकर्मीले प्रदर्शनकारीलाई सुरुमै बाहिर निकाल्ने प्रयास गर्दा पनि ठूलो समूह भित्र पसेर आगो लगाएको थियो।

२४ भदौ, काठमाडौं । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रवेश गरेर प्रदर्शनकारीले आगो लगाइदिएका छन् ।

जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन केही प्रदर्शनकारी सिंहदरबारको पश्चिमी गेटबाट भित्र प्रवेश गरेर आगो लगाइदिएका हुन् ।

उनीहरू गेटभित्र रहेको बगैंचासम्म पुगेका थिए। सुरुमा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई बाहिर निकाले पनि पछि ठूलो समूह भित्र पसेको थियो।

उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आगजनी गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरू : 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?