 
															Photo Credit : DAO Rasuwa
								
																			२५ भदौ, काठमाडौं । हिमाली जिल्ला रसुवामा पनि कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले आज बिहान सूचना निकालेर जिल्लाभर कर्फ्यु आदेश जारी भएको जानकारी दिएको हो ।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जारी गरेको सूचनामा आज भदौ २५ गते बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाको सबै सीमा क्षेत्रभित्र कर्फ्यु लगाइएको उल्लेख छ ।
कर्फ्यु अवधिभर आउजाउ गर्न, भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाइने सूचनामा उल्लेख छ ।
जेनजी प्रदर्शनको क्रममा तोडफोड, आगजनी, लुटपाट र आक्रमणका घटना भएपछि नेपाली सेनाले पनि देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4