+
+
Shares

रसुवाका जनतालाई निराश बनाउँदिन : उम्मेदवार भट्ट

उम्मेदवार वसन्त भट्टले काम गरेरै जनताको मन जित्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते ११:३१

१४ माघ, रसुवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार वसन्त भट्टले काम गरेरै जनताको मन जित्ने बताएका छन् ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा होमिएका उनी अहिले निर्वाचन क्षेत्रमा घरदैलो गरिरहेका छन् । उनले रसुवा पनि समयसँगै राजनीति परिवर्तन आवश्यक रहेको बताउँदै उनले भने, ‘यसपाली रसुवाली जनताले परिवर्तन खोजिरहनुभएको छ । म आफैँ पनि भाषणभन्दा परिणाममा विश्वास गर्ने मान्छु हुँ, रसुवाली जनताको आशाको दियो निभ्न दिने छैन ।’

उनले आफूले ठूला सपना नदेखाइ गर्न सकिने कुराहरू मात्रै गर्ने पनि बताएका छन् । यहाँ भट्टले नेपाली कांग्रेसका मोहन आचार्य र एमालेका प्रेम तामाङसहितसँग प्रतिस्पर्धा गर्दैछन् ।

जिल्लाको दिगो विकास, स्थानीयलाई रोजगारी, भ्रष्ट अभ्यासको अन्त्य, पर्यटन क्षेत्रको पुनर्जागरण, उद्योग र कृषिमा जनताको प्रत्यक्ष सहभागिता, अन्तर्राष्ट्रिय सीमाको व्यवस्थित सञ्चालन तथा जलविद्युत् परियोजनामा स्थानीय स्वामित्व सुनिश्चित गर्ने विषय उनका चुनावी एजेन्डाहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?