
News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको बा ४ ख ८४३५ नम्बरको बस लहरेपौवामा दुर्घटना भएको छ।
- दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन् र एकजनाको अवस्था गम्भीर रहेको छ।
- घाइते सबैलाई जिल्ला अस्पताल त्रिशुली पठाइएको छ।
२९ साउन, काठमाडौं। रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको बस उत्तरगया गाउँपालिका वडा-५ लहरेपौवामा दुर्घटना भएको छ।
रसुवाको पासाङल्हामू मार्ग अन्तर्गत लहरेपौवामा बा ४ ख ८४३५ नम्बरको बस दिउँसो २ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाका इन्स्पेक्टर राजु शाहले जानकारी दिए ।
उनका अनुसार दुर्घटना बस सडकबाट ३० मिटर तल बसेको छ भने १२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको उनले बताए ।
घाइते भएका सबैलाई जिल्ला अस्पताल त्रिशुली पठाइएको इन्स्पेक्टर शाहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4