+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दाङबाट शैक्षिक भ्रमणमा पाल्पा आएको बस दुर्घटना, ११ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १०:०२

५ मंसिर, तानसेन । पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

दाङबाट शैक्षिक भ्रमणका लागि आएका विद्यार्थी सवार बस रानीमहल जाने बाटोमा आज बिहान दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइतेहरुलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको छ ।

दाङको राजपुरस्थित साधारण नमुना मा.वि.को भ्रमण टोली सवार बस आफैं अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरुमा दाङको राजपुर गाउँपालिका–४ का ४० वर्षीय शत्रुघन गुप्ता, घोराही उपमहानगरपालिका ११ का २२ वर्षीय दामोदर रेउले, चालक घोराही उपमहानगरपालिका–१४ का ३५ वर्षीय सन्तोष ढकाल, राजपुर गाउँपालिका–५ की १२ वर्षीया सन्ध्या भण्डारी, सोही गाउँपालिका–६ की १८ वर्षीया दिल कुमारी रावत, सोही ठाउँकी १० वर्षीया सन्तोषी चौधरी र १९ वर्षीय अजय नेपाली रहेका छन् ।

यस्तै राजपुर गाउँपालिका–५ की २३ वर्षीया सिर्जना यादव, १३ वर्षीय आयुष भण्डारी, १५ वर्षीय अभिषेक यादव र घोराही उपमहानगरपालिका–९ का ३५ वर्षीय बसन्त योगी पनि घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरु सबैको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?