+
+
Shares

रसुवामा ठाउँ–ठाउँमा सडक अवरुद्ध

रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले क्षति पुगेको सडक क्षेत्र अनुगमन गरी मर्मतका लागि कार्यजिम्मेवारी समेत बाँडफाँट गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बर्षासँगै आएको बाढी र पहिरोले रसुवाको गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेसी, रसुवागढी सडकखण्डमा पुनः क्षति पुर्‍याएको छ।
  • २४ असारको बाढीले क्षतविक्षत सडकखण्डमा साउन १४ गते र हालैको वर्षाले थप क्षति पुर्‍याएको छ।
  • रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले क्षति पुगेको सडक क्षेत्रको अनुगमन गरी मर्मतका लागि कार्यजिम्मेवारी समेत बाँडफाँट गरेको छ ।

२९ साउन, काठमाडौं । वर्षासँगै आएको बाढी र पहिरोले गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेसी, रसुवागढी सडकखण्डमा फेरि क्षति पुर्‍याएको छ ।

२४ असारमा आएको बाढीले क्षतविक्षत भएको यो सडकखण्ड यही साउन १४ गते फेरि आएको बाढीले थप क्षति पुर्‍याएको थियो । मर्मतको काम चलिरहेका बेला हिजो र आजको वर्षासँगैको बाढीपहिरोले पुन: सडक भत्काएको हो ।

रेडियो लाङटाङका अनुसार उत्तरगया गाउँपालिका–५ मा पर्ने नौबिसे पेट्रोल पम्प नजिक करिब एक सय मिटर पक्की सडक कटान भएको छ । सडक नै बगेका कारण उत्तरगया गाउँपालिकाको प्रशासनिक कार्यालय, वरपरका बस्ती, विद्युत आयोजना लगायतका स्थानसम्मको सडक सम्पर्क विच्छेद भएको छ । सो क्षेत्रमा दुई घर र पेट्रोल पम्पको संरचना पनि जोखिममा छन् ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले ठाउँ–ठाउँमा गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेसी, रसुवागढी सडकखण्डको ठाउँठाउँमा क्षति पुगेको जानकारी दिए । त्यसैले नेपाल–चीन व्यापारिक नाका क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध भएको उनले बताए ।

उनका अनुसार बुधबार मात्रै रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले क्षति पुगेको सडक क्षेत्रको अनुगमन पनि गरेको थियो । सो टोलीले सडक मर्मत गर्नका लागि कार्यजिम्मेवारी समेत बाँडफाँट गरेको उनले जानकारी दिए ।

दुई जिल्लाका अधिकारीहरुले गरेको निर्णय अनुसार, उत्तरगया गाउँपालिकाले सडक निर्माणका लागि आवश्यक कामदार, रङ र टिपरको व्यवस्था गर्नेछ । यसैगरी गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी सडक आयोजनाले ग्याबिन, ज्याला, प्राविधिक सुपरिवेक्षण र उपकरण उपलब्ध गराउनेछ ।

माथिल्लो त्रिशुली थ्री बी जलविद्युत परियोजनाले लोडर उपलब्ध गराई माटो–ढुंगा हटाउने छ । माथिल्लो त्रिशुली–१ आयोजनाले स्काभेटर, क्रेन तथा प्राविधिक सहयोग पुर्‍याउनेछन् । साथै, रसुवा र नुवाकोट सुरक्षा समितिले आवश्यक सुरक्षा प्रबन्ध र पुनर्निर्माणमा आइपर्ने अवरोध हटाउन सहजीकरण गर्नेछन् ।

यसैगरी रसुवाबाट सन्चालित रेडियो लाङटाङका अनुसार गएरातिको वर्षाले सिम्ले–भोर्ले सडकखण्डअन्तर्गत डडारे खोलाको छेउमा ठूलो पहिरो गएको र कालिका गाउँपालिका वडा नं. ३ स्थित डिलखेत बस्ती जोखिममा परेको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबार सूचना जारी गर्दै वर्षा र बाढीको जोखिम रहेको भन्दै भोटेकोशी, त्रिशूली, लाङटाङ खोला, चिलिमे खोला र जिल्लाका अन्य नदी/खोला आसपासका बासिन्दालाई सतर्क रहन भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?