+
+
Shares

ब्राजिलको एक कारखानामा विस्फोट हुँदा ९ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १९:१३
Photo Credit : Secretaria de Seguridad Publica via EPA

काठमाडौं । दक्षिणी ब्राजिलको एक विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा ६ जना पुरुष र ३ जना महिलासहित ९ जनाको मृत्यु भएको छ ।

अग्निनियन्त्रण विभागका प्रवक्ताले पराना राज्यको राजधानी कुरिटिबामा भएको  विस्फोटको कारण लगभग १.५ किलोमिटर वरपरसम्मका भवनहरू क्षतिग्रस्त भएको बताए ।

ब्राजिलका अधिकारीहरूले अझै अनुसन्धान भइरहेकोले घटनाको कारण थाहा भइनसकेको बताएका छन् ।

सार्वजनिक सुरक्षा राज्यमन्त्री कर्नल हडसन लियोन्सियो टेक्सेराले पत्रकारहरूलाई  घटनाको क्रममा कारखानामा रहेका नौ जनामध्ये सबैको मृत्यु भएको बताए ।

भग्नावशेषबाट सात जना घाइतेलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ ।

कारखानाका मालिकले विष्फोटबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?