+
+
Shares

खुकुलो बन्दै कर्फ्यु, सडकमा बढ्यो चहलपहल

अहिले नेपाली सेना सडकमा खासै देखिएका छैनन् । हिजो बिहानैदेखि सडकका चोक चोकमा हतियारधारी सेना तैनाथ थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते ८:१३

२६ भदौ, काठमाडौं । नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाएको छ । कर्फ्यु खुकुलो भएपछि हिजोको तुलनामा आज बिहान सडक तथा पसलहरुमा चहलपहल बढेको छ ।

नेपाली सेनाले जारी गरेको सूचना अनुसार आज भदौ २६ गते बिहान १० बजेसम्म कर्फ्यु खुला गरिएको छ । अहिले सवारी साधनहरु निर्वाध चलिरहेका छन् । किनमेल गर्ने र अत्यावश्यक कामका लागि बाहिर निस्किनेहरुको संख्या सडकमा बढेको छ ।

अहिले नेपाली सेना सडकमा खासै देखिएका छैनन् । हिजो सडकका चोक चोकमा हतियारधारी सेना तैनाथ थिए ।

बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म भने फेरि कर्फ्यु लगाइने नेपाली सेनाले जारी गरेको सूचनामा उल्लेख छ । त्यसपछि दुई घण्टा पुन: कर्फ्यु खुला हुनेछ । आज बेलुकी ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्म पुन: कर्फ्यु लागू हुने नेपाली सेनाले जनाएको छ ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले भदौ १९ गते गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएको भोलिपल्ट सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले देशभर कर्फ्यु जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?