+
+
Shares

राष्ट्रपतिलाई बारको आग्रह- संविधान भित्रैबाट राजनीतिक निकास खोजौं

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १७:०२

२६ भदौं, काठमाडौं । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले अहिलेको संविधानभित्रकै प्रक्रियाबाट मुलुकको राजनीतिक निकास खोज्न राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ ।

नेपाल बारले एक विज्ञप्ति जारी गरी संविधानसभाले बनाएको संविधान यथावत रहेको अवस्थामा प्रतिनिधिसभासहित संघीय संसदको क्रियाशीलताबाट नै निकास खोज्न आग्रह गरेको हो ।

बारले राष्ट्रपतिका नाममा एक पत्र पठाई आन्दोलनकारी जेन–जी समूहले समेत संविधान र व्यवस्था परिवर्तनको माग नगरेको भन्दै अहिलेकै संरचनाबाट निकास खोज्न भनेको हो ।

बारले विज्ञप्तिमार्फत भनेको छ, ‘आन्दोलनकारी शक्तिहरू सरकार परिवर्तनको इच्छा राखेको र अहिले सरकार परिवर्तनको प्रक्रिया शुरु भएकाले संविधानको धारा ७६ ७७ र ७८ र धारा ६१ को मर्म र भावनामा रहेर राष्ट्रिय सरकार गठन गर्न सकिने भएकोले प्रक्रिया प्रारम्भ गर्न हार्दिक अपिल गर्दछौं ।’

बारले लोकतान्त्रिक मूल्यमान्यता विपरितको कुनै पनि प्रक्रिया आफूहरुलाई मान्य नहुने भन्दै संवैधानिक सर्वोच्चता, विधिको शासन र स्वतन्त्र न्यायपालिकाको मर्म विपरितका काम भएमा प्रतिरोध गर्ने चेतावनी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?