+
+
Shares

सरसफाइ गरेर अधिकांश मन्त्रालयको सेवा सुचारु गरिँदै (तस्वीरहरू)

सेवा सुचारु हुन थालेसँगै विभिन्न मन्त्रालय र विभागीय कार्यालयमा आइतबार सेवाग्राहीको उपस्थिति देखिन्छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंहदरबारभित्र भदौ २४ गते भएको आगजनी र तोडफोडपछि अधिकांश मन्त्रालयमा सेवा सुचारु हुन थालेको छ।
  • प्रधानमन्त्री सुशीला कार्कीले आगजनी र तोडफोड गर्नेविरुद्ध छानबिन गरी कारबाही गर्ने बताउनुभएको छ।
  • सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय लगायत सरकारी भवनमा आगजनी र तोडफोड भएको थियो।

२९ भदौ, काठमाडौं । आगजनी र तोडफोडले अवरुद्ध भएको सिंहदबारभित्रका अधिकांश मन्त्रालयमा सेवा सुचारु हुन थालेको छ ।

जेनजी पुस्ताको आन्दोलनको नाममा सिंहदरबारभित्र रहेको प्रधानमन्त्री कार्यालयसहित अधिकांश मन्त्रालयर विभागीय कार्यालयका भवनमा भदौ २४ गते आगजनी र तोडफोड भएको थियो ।

विभिन्न भवनमा भएको तोडफोडपछिका फोहोर सफाइ गरेर सेवा सुचारु गर्न थालिएको हो । मन्त्रालयका कर्मचारी र सफाइकर्मी सरसफाइमा जुटेका छन् ।

सेवा सुचारु हुन थालेसँगै विभिन्न मन्त्रालय र विभागीय कार्यालयमा आइतबार सेवाग्राहीको उपस्थिति देखिन्छ ।

सिंहदरबारबाहिर रामशाह पथमा रहेको स्वास्थ्य मन्त्रालयमा समेत आगजनी भएको थियो ।

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा सडकमा प्रदर्शन चलिरहँदा केही समूहले सिंहदरबारभित्र प्रवेश गरेर आगजनी र तोडफोड गरेका थिए ।

देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदबारभित्र भएको आगजनी र तोडफोडले भौतिक पूर्वाधारसँगै महत्त्वपूर्ण कागजात जलेर नष्ट हुँदा अपूरणीय क्षति भएको छ ।

नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै सरकारी संरचनामा आगजनी र तोडफोड गर्नेविरुद्ध छानबिन गरी कारबाही गर्ने बताएकी छन् ।

सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय शीतल निवास, बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी आवाससहित विभिन्न सरकारी कार्यालय रहेका भवनमा आगजनी र तोडफोड भएको थियो ।

तस्वीरहरू : रघुनाथ बजगाईं/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?