
News Summary
Generated by OK AI. Editorially reviewed.- बन्दीपुर केबुलकारको आईपीओ बाँडफाँट भदौ ३० गते एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ।
- आईपीओमा २४ लाख २२ हजार १७७ जनाले आवेदन दिएर ४ लाख ३४ हजार १०८ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।
- कम्पनीले केबुलकार, होटल, ड्राइभइन रेष्टुरेन्ट, मनोरञ्जनात्मक बगैंचा, जीप लाइन र स्काई साइक्लिङ्ग सञ्चालन गर्ने योजना बनाएको छ।
३० भदौ, काठमाडौं । बन्दीपुर केबुलकारको आईपीओ बाँडफाँट भएको छ । भदौ ११ देखि १५ गतेसम्म आईपीओमा सर्वसाधारणका लागि आवेदन खुलाइएको थियो । बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङले सो सेयर सोमबार साँझ बाँडफाँट गरेको हो ।
४ लाख ३४ हजार १०८ जनाले सेयर पाएका छन् । ती सबै आवेदकले १० कित्ताका दरले सेयर पाएका हुन् । आईपीओमा २४ लाख २२ हजार १७७ जनाले आवेदन दिएका थिए। आवेदन दिएका आवेदकमध्ये १७.९ प्रतिशतले सेयर पाएका छन् ।
आईपीओमा बल झिक्ने क्रममा लक्की नम्बर ३ छनोट भएको छ । आईपीओको नतिजा केही बेरपछि मात्रै अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट कम डट एनपीमा हेर्न सकिनेछ ।
कम्पनीको मुख्य बिजनेस भनेको केबुलकार तथा होटल सेवा हो ।
बन्दीपुरमा केबुलकार गत वर्षको जेठ ३१ गतेबाट व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । कम्पनीअन्तर्गत रहेको होटल क्वीन टावर आगामी मंसिरदेखि सञ्चालनमा आउने अनुमान छ ।
कम्पनीले केबुलकार तथा होटलसँगै ड्राइभइन रेष्टुरेन्ट, मनोरञ्जनात्मक बगैंचा, जीप लाइन, स्काई साइक्लिङ्ग सञ्चालनमा ल्याइएको जनाएको छ ।
केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको छ । जसले दायित्व वहनमा कम्पनीलाई मध्यमस्तरको संकेत गर्दछ । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं कालीमाटीमा रहेको छ ।
ब्याजसहित केबुलकार आयोजनाको कुल लागत ३ अर्ब ८५ करोड छ । गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ४१ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी २ रुपैयाँ ८४ पैसा ऋणात्मक छ भने सञ्चित नोक्सानी १० करोड ६ लाख रुपैयाँ छ ।
आर्थिक वर्ष २०८२र८३ मा प्रतिसेयर आम्दानी ७ रुपैयाँ २४ पैसा तथा प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ हुने प्रक्षेपण कम्पनीले गरेको छ ।
साधारण लगानी फिर्ता अवधि अनुमान ८।२२ वर्ष रहेको छ । कम्पनीले स्काईवाक, बन्जीजम्प, स्विङ्ग तथा अन्य मनोरञ्जनात्मक पुर्वाधार निर्माण गरी व्यवसायिक पर्यटकीय गतिविधि सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया 4