
News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ २३ गते माइतीघरमा भ्रष्टाचारविरुद्ध जेनजीले शान्तिपूर्ण प्रदर्शन सुरु गरेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गर्यो।
- प्रदर्शनकारीहरूले संसद भवनको पर्खाल तोडेर प्रवेश गर्दा प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु भयो र हिंसा फैलियो।
- भदौ २५ गते आक्रोशित सर्वसाधरणले सिंहदरबार र संसद भवनमा आगजानी र तोडफोड गरी कर्फ्यूको बाबजुद हिंसा जारी राखे।
भदौ २३ गते । सोमबार । बिहान ९ बजे ।
माइतीघर मण्डलामा केही विद्यार्थी भेला हुन्छन् । राष्ट्रिय झन्डा ओडेका, प्ले कार्ड बोकेका । कार्डमा यस्तो लेखिएको छ, ‘इनफ इज इनफ : भ्रष्टचार विरुद्ध जेन जी ।’
त्यस सेरोफेरोमा सधैंजसो कुनै न कुनै आन्दोलन, प्रदर्शन भइरहेकै हुन्छन् । अनसन बस्ने, विरोध जनाउने, माग राख्ने साझा थलो बनेको छ त्यो ।
सानो झुन्डमा देखिएको जेन जी प्रदर्शन पनि त्यसैको एउटा सिलसिला हुनसक्छ । धेरैले यस्तै ठाने ।
मान्छे हिँडेकै छन् । गाडी चलेकै छन् । सबैकुरा त्यस्तै छ, जस्तो अरुबेला हुन्छ ।
बिहान १० बजे : वि आर द मुभमेन्ट
४०–५० जनाको त्यो सानो समूह फैलिँदै र तन्किदै जान्छ । ५० बाट १००, १०० बाट ५००, ५५ बाट १००० पुग्छ । र, त्यहाँ त्यस्तै हुँदैन जो अरुबेला हुन्थ्यो ।
क्रमस माहौल रंगीन बन्छ । ‘रातो र चन्द्र सूर्य’ गीतको चर्को ध्वानीसँगै त्यहाँ कोही पानी बाँड्छन्, कोही मास्क, कोही प्लेकार्ड । त्यसमध्ये कतिले भनिरहेका छन्, ‘यो शान्तिपूर्ण प्रदर्शन हो । झगडा गर्ने, ढुंगा हान्ने, गाली गर्ने काम हुँदैन ।’
जेन जीको जमात यसरी बढ्दै जान्छ कि, माइतीघरका सडक पूरै ढाकिन्छ । एक, डेढ घण्टापछि भीड क्रमश: बानेश्वरतर्फ अगाडि बढ्छ ।
काठमाडौं महानागरपालिका वडा नम्बर १० को कार्यलय सामुन्ने प्रहरी तैनाथ छन् । त्यहाँ ब्यारिकेट राखिएको छ । पहिलो, दोस्रो, तेस्रो लहरमा सुरक्षाकर्मीहरू उभिएका देखिन्छन् ।
जेनजीको यो शान्तिपूर्ण प्रदर्शन हो, जुन सौहार्द्धपूर्ण हुनुपर्ने उनीहरूको जोड छ । त्यसैले बानेश्वर नजिक आएपछि उनीहरू फेरि पहिलेकै ठाउँमा फर्किएर प्रदर्शन गर्ने योजनामा हुन्छन् । तर, त्यस जमातमा मिसिएका कतिपय युवाहरू अगाडि बढ्न थाल्छन् ।
त्यहीबेला प्रहरीले प्रदर्शनकारीलाई लक्षित गर्दै पानीको फोहोरा हान्न थाल्छ । पानीको फोहोरा खाएपछि उनीहरू थप आक्रमक देखिन्छन् । र, केही बेरको घम्साघम्सीपछि ब्यारिकेट तोडेर त्यो जमात अगाडि बढ्छ ।
बानेश्वर चोक अस्तव्यस्त हुन्छ । सडकका गाडीहरू लाखापाखा लाग्छ । पसल, सटरहरू बन्द हुन्छन् । सुरक्षाकर्मीले पानीको फोहोरा हान्छ । त्यसपछि अश्रुग्यास आउँछ। केही क्षण प्रदर्शनकारी तितरबितर हुन्छन् । तर तुरुन्तै त्यो जमात एकढिक्का भएर अगाडि बढ्छ र संसद भवनतर्फ लाग्छ ।
मध्यन्ह १२ बजे : अब समय भयो, जाग नेपाल
जापानी एनिमे ‘वान पिस’को झण्डा बोकेका युवाहरू बानेश्वर चोकमा देखिन्छन् । झन्डामा लेखिएको छ, ‘द टाइम इज नाउ : वेक अप नेपाल ।’
ब्यारिकेट तोडेर अगाडि बढेको जमातमाथि आश्रुग्यास प्रहार हुन्छ । प्रहरीले निजी घरमा पसेर आश्रुग्यास हान्न थालेपछि भीड अरू उत्तेजित हुन्छ । उनीहरू संसद भवन अघिल्तिर भेला हुन्छन् ।
यतिबेलासम्म थुप्रै पटक प्रदर्शनकारीमाथि आश्रुग्यास प्रहार हुन्छ । सुरक्षाकर्मी र प्रदर्शनकारी आमने-सामने हुन्छन् । एकातिरबाट इटा र ढुंगा हान्ने, अर्कोतिरबाट गोली हान्ने उपक्रम सुरु हुन्छ । एक प्रदर्शनकारी गोली लागेर ढल्छन् ।
अब आक्रोशित प्रदर्शनकारी सुरक्षाको त्यो घेरा तोड्दै संसद भवनको पर्खालमाथि उक्लिन्छन् । त्यसमध्ये एउटा समूहले सरकारी गाडी पल्टाएर आगो लगाइदिन्छन् ।
प्रदर्शन अनियन्त्रित र आक्रमक हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यूको घोषणा गर्छ, राति १० बजेसम्मका लागि । तर, त्यो भीड यसबारे बेखबर छ ।
भीडमा अलमलिइरहेका एक स्कुले विद्यार्थी, जो आफ्नो युनिफर्ममा छन् र पुस्तकको झोला बोकेका छन् । कतैबाट प्रहार भएको गोली उनको टाउकोमा लाग्छ । उनी ढल्छन् ।
त्यसपछि देखिन्छ, भागाभाग, तोडफोड, आगजानी र मृत्युको विच्छृखल दृश्य ।
कतै रक्ताम्मे विद्यार्थी, कतै एम्बुलेन्सको आवाज, कतै आगोको मुस्लो, कतै आक्रोशको ध्वनि । चोकको मध्यभागतिर एउटा प्रदर्शनकारी उत्तानो परेका छन् । उनको माथि राष्ट्रिय झण्डा ओडाइएको छ । नजिकै एम्बुलेन्स छ । दृश्य विभत्स मात्र होइन, उत्तिकै कारुणिक पनि देखिन्छ ।
कोही लड्दैछन्, कोही ढल्दैछन् । एकपछि अर्का प्रदर्शनकारीमाथि गोली प्रहार हुन्छ । कोही घाइतेलाई उठाउन थाल्छन्, कोही अस्पताल पुर्याउन ।
अस्पतालमा घाइतेको चाप थेग्नै नसक्नेगरी बढ्छ ।
यतिबेलासम्म प्रहरी कति निर्मम ढंगले अगाढि बढ्छ भने, अस्पतालभित्रै आएर कुटपिट गर्ने र अश्रुग्यास हान्ने कृत्य गर्छन् ।
आक्रोश, क्रन्दन, त्राससँगै एउटा भयंकर रातले विश्राम लिन्छ ।
भदौं २४ गते । मंगलबार । बिहान ।
सरकारले बिहानै कर्फ्यू आदेश जारी गर्छ । ठाउँ–ठाउँमा सुरक्षाकर्मी खटाइन्छ । शहरमा एक किसिमको सन्नटा र सन्त्रास छाउँछ ।
बिहानैदेखि बानेश्वरको संसद भवन अगाडि मान्छेहरू भेला हुन थाल्छन् । यो भीडमा जेन जी होइन । बरु उनीहरूका दाजुदिदी र आमाबुबाको संख्या बाग्लो छ । अघिल्लो दिनको क्रुर दमन र हत्याबाट आक्रोशित भएको यो भीड क्रमस बढ्दै जान्छ । यसरी बढ्दै जान्छ, जसलाई कुनै सुरक्षा घेरा र काँडेतारको पर्खालले रोक्न सक्दैन ।
यो भीड संसद भवन प्रवेश गर्छ । त्यहाँ तोडफोड गर्छ र आगो सल्काउँछ । बानेश्वरको आकाश कालो धुँवाको मुस्लोले ढाकिन्छ।
यतिबेलासम्म बानेश्वर मात्र होइन, काठमाडौंका हरेक चोक र गल्लीमा सरकारको दमनविरुद्ध मान्छेहरू उत्रिन्छन् ।
यसरी उर्लिएको भीड अन्य संरचना तोड्दै र जलाउँदै अगाडि बढ्छ । अनि मुलुककै मूख्य प्रशासनिक क्षेत्र सिंहदरबारमा प्रवेश गर्छ । त्यहाँ तोडफोड आगजानी सुरु हुन्छ । सिंहदरबार ह्वारह्वर्ती आगोमा जल्न थाल्छ ।
यससँगै आसपासका सर्वोच्व अदालत, सितल निवासलगायत थुप्रै संरचनामाथि आगोको मुस्लो देखिन्छ । प्रहरी कार्यलयदेखि निजी संस्थाहरूमा आगो सल्काइन्छ । शेरबहादुर देउवा, केपी ओली, प्रचण्डलगायत अन्य नेताका घरहरू दनदनी बल्न थाल्छन् । काठमाडौंको आकाश धुँवाले ढाकिन्छ ।
यसबीचमा यस्ता धेरै कुरा हुन्छन्, जुन नेपालको इतिहासमा कहिल्यै भएको थिएन । प्रधानमन्त्री–मन्त्रीको भागाभाग, कुटपिट, सत्तापलट ।
मुलुकको यो जटिल परिस्थितीलाई नेपाली सेनाले सम्हालने निर्णय गर्छ । राति १० बजेपछि सेना सडकमा निस्किन्छ ।
डरलाग्दो विध्वसपछि आतंक र अन्योलको रात गुज्रिन्छ ।
भदौ २५ गते । बुधबार । बिहान ।
शान्तिपूर्ण प्रदर्शन विद्रोहमा । विद्रोह हिंसामा । हिंसा विध्वंसमा । यो अकल्पनीय चक्रले मुलुकको तस्बिर नै कुरुप बनाइदिन्छ ।
यो बिहान अरु दिन जस्तो हुँदैन । एकातिर आफ्नै छोराछोरी, नातिनातिना गुमाएको परिवार गहिरो शोकमा डुबेको छ । अर्कोतिर शहरमा लागेको आगो निभेको छैन । सडक सुनसान छ । तर, शान्त छैन ।
सर्वत्र अशान्त छ ।
सिंहदरबारमाथि धुँवाको मुस्लो उस्तै छ । प्रहरी चौकी, व्यापारिक भवन, कल–कारखाना, सरकारी कार्यालय कुनै सद्दे छैनन् । खरानी भइसकेको छ ।
धुँवा अझै उडिरहेकै छ ।
बिहान ९ बजे : माइतीघर मण्डलामा केही विद्यार्थी झन्डा र प्लेकार्ड बोकेर भेला हुन्छन् । उनीहरू जेन जी पुस्ता हुन्, जो ‘भ्रष्टचार विरुद्ध’ प्रदर्शन गरिरहेका छन् ।
माइतीघर मण्डलाको सानो भीड क्रमस बढ्दै हजारौंको संख्यामा फैलिन्छ ।
उनीहरू ‘इनफ इज इनफ : भ्रष्टचार विरुद्ध जेन जी’ लेखिएको प्लेकार्डसहित अगाडि बढ्छन् ।
उनीहरू कहिले राष्ट्रभक्तिको गीत गाउँदै त कहिले भ्रष्टचार विरुद्ध नारा लगाउँदै नयाँ बानेश्वरतर्फ बढ्छन् ।
जेन जी प्रदर्शनकारीलाई त्यहाँबाट अगाडि बढ्न नदिन सुरक्षाकर्मी तैनाथ छन् ।
सुरक्षाकर्मीको ब्यारिकेटकै आमनेसामने प्रदर्शनकारी आइपुगेका छन् । त्यहाँबाट अगाडि बढ्न नदिन सुरक्षाकर्मीले पानीको फोहोरा हान्न थाल्छ ।
कतिपय प्रदर्शनकारी सुरक्षाघेरा नाघेर नयाँ बानेश्वर चोकमा आइपुगेका छन् ।
बानेश्वर चोकमा सार्वजनिक यातायात लाखापाखा लाग्छन् । त्यहाँ भीड जम्मा हुँदैछ ।
जेन जी प्रदर्शनकारी संसद भवन अघिल्तिर आइपुगेका छन् ।
संसद भवन अघिल्तिर सुरक्षाकर्मीले घेरा हालेका छन् । त्यसकै सामुन्नेमा पुग्छन् प्रदर्शनकारी ।
प्रदर्शनकारी संसद भवनतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हान्न थाल्छन् ।
केही प्रदर्शनकारी संसद भवनको पर्खालबाट सुरक्षाकर्मी बस्ने ठाउँमा पुगेका छन् । भित्रबाट सुरक्षाकर्मीले आश्रुग्यास प्रहार गरिरहेका देखिन्छन् ।
त्यहाँ प्रदर्शनकारी र सुरक्षाकर्मीबीच हानाहान हुन्छ । एकातिरबाट आश्रुग्यास हान्ने क्रम रोकिएको छैन भने अर्कोतिरबाट ढुंगा प्रहार भइरहेको छ ।
आश्रुग्याससँगै गोली प्रहार भएपछि प्रदर्शनकारी केही क्षण तितरबितर हुन्छन् ।
तर, प्रदर्शनकारी थप आक्रोशित भएका छन् । उनीहरू अब दुई वटा समूहमा विभाजित भएर संसद भवनको मूल गेट र पश्चिम गेटतर्फ अगाडि बढ्छन् ।
त्यो अनियन्त्रित भीड अब संसद भवनको पर्खाल तोडेरै भित्र जाने तयारीमा लाग्छन् ।
संसद भवनको पर्खालमाथि उक्लिसकेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउन सुरु गर्छ ।
गोली चलेपछि पर्खालमाथि चढेका प्रदर्शनकारीहरू यताउता भाग्न थाल्छन् ।
सुरक्षाकर्मीले निरन्तर आश्रुग्यास प्रहार गर्न थाल्छ । प्रदर्शनकारीले आश्रुग्यास टिपेर सुरक्षाकर्मीतिर प्रहार गर्छ । भीड केही तितरबितर हुन्छ ।
सुरक्षाकर्मीले निरन्तर दमन गर्न खोजेपछि चारैतिरबाट आक्रोशित प्रदर्शनकारी बानेश्वर आसपासमा एकजुट हुन थाल्छन् ।
सुरक्षाकर्मीले गोली चलाउन थालेपछि प्रदर्शनकारीले बानेश्वरमा एउटा सरकारी गाडीमाथि आगजानी गर्छन् ।
संसद भवनको मूल गेट सामुन्ने एक जना प्रदर्शनकारीलाई गोली लाग्छ । त्यहाँ एम्बुलेन्स बोलाइन्छ ।
त्यहाँ रगतको आहाल जमेको देखिन्छ । प्रदर्शनकारीहरू उद्वारमा खटिएका छन् ।
प्रदर्शनकारी ढलेपछिको त्रासदीपूर्ण क्षण ।
गोली लागेका प्रदर्शनकारीको उद्वारमा धेरै ढिला भइसक्छ । त्यहाँ प्रदर्शनकारीको निर्जीव शरीरमाथि राष्ट्रिय झन्डा ओडाइएको छ । उनका साथी त्रास र वेदनाको मनोदसामा देखिन्छन् ।
प्रदर्शनकारीको मृत्युपछि त्यो जमात अरु उग्र हुन्छ र नजिकै रहेको एम्बुलेन्समा आगजानी गरिदिन्छन् ।
आक्रोशित प्रदर्शनकारीले त्यहाँ सरकारी नम्बर प्लेटको एउटा गाडी पल्टाउन थाल्छ ।
प्रदर्शनकारीले सरकारी गाडीमा आगो लगाइदिन्छन् ।
सुरक्षाकर्मीले निर्ममतासाथ गोली प्रहार गरेपछि थुप्रै प्रदर्शनकारीको ज्यान जान्छ । अनगिन्ती घाइते हुन्छन् । स्थिति भयानक बन्दै गएपछि स्थानिय प्रशासनले कर्फ्यु आदेश जारी गर्छ ।
…………………..
भदौं २४ गते । मंगलबार । बिहान ।
जेन जी प्रदर्शनको दोस्रो दिन । प्रशासनले कर्फ्यु आदेश जारी गरेपनि आन्दोलित सर्वसाधरण सडकमा निस्कन्छन् । आफ्ना छोरा–नाती गुमाएको भन्दै असंख्यौ सर्वसाधरण नेता–मन्त्रीको घरलाई लक्षित गरेर अगाडि बढ्छन् ।
आक्रोशित सर्वसाधरणले बिहान करिब साढे ११ बजे च्यासलस्थित एमालेको मुख्यालयमा तोडफोड गर्दै आगो लगाइदिन्छन् ।
बानेश्वर चोकमा बिहानैदेखि सर्वसाधरणको भीड जम्मा हुन्छ । उनीहरुले संसद भवनलाई लक्षित गर्दै तोडफोड र आगजानी सुरु गर्छन् ।
बानेश्वर चोक नजिकै शंखमुल सडकमा एउटा गाडी जलाइदिन्छन् ।
आगजानी र तोडफोड गर्दै आक्रोशित सर्वसाधरण सिंहदरबार आसपास भेला हुन थाल्छन् ।
आन्दोलित सर्वसाधरणले सिंहदरबारको मूख्य ढोकामा आगो लगाइदिन्छन् र भित्र प्रवेश गर्छन् ।
यता संसद भवनमा आन्दोलित सर्वसाधरणले आगो चारैतर्फबाट आगो झोसिसकेका हुन्छन् । भवनमाथि आगोको मुश्लो देखिन्छ ।
संसद भवनमा माथिको आकास धुँवाले ढाकिन्छ । त्यस आसपासमा अनगिन्ती सर्वसाधरण प्रवेश गरिसकेका छन् ।
बबरमहलस्थित जिल्ला अदालत काठमाडौं र सडक विभागको भवनमाथि धुँवा मडारिएको देखिन्छ ।
बबरमहलस्थित जिल्ला अदालत अघिल्तिरको सडकभर कागजात छरपस्ट देखिन्छ ।
सिंहदरबार नजिकै सर्वोच्व अदालत र बार एसोसिएसनको अघिल्तिर पनि आगजानी सुरु भइसकेको छ ।
सिंहदरबारमाथि कालो धुँवा मडारिएको देखिन्छ । त्यहाँ आन्दोलित भीड छ्यापछ्याप्ती देखिन्छन् भने सर्वोच्व अदालत र वार एसोसिएसनको कार्यलयमाथि धुँवाको मुस्लो देखिन्छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलय आगोमा जल्न थाल्छ ।
सिंहदरबारमाथिको आकाश धुँवा नै धुँवाले ढाकिन थाल्छ ।
सिंहदरबार दनदनी जल्दै गर्दा त्यसमाथि धुँवाको मस्लो देखिन्छ ।
एउटै फ्रेममा सिंहदरबार र सर्वोच्व अदालत जलिरहेको दृश्य ।
एसियाकै भव्य मानिने शताब्दी पुरानो सिंहदबार दनदनी जलेको बेला ।
शताब्दी पुरानो विरासत बोकेर उभिएको सिंहदरबार जलिरहँदा चुपचाप हेरिरहेको झैं लाग्ने सैनिक मुख्यालय ।
एउटा प्राचीन धरोहर ‘धरहरा’को सामुन्ने अर्को धरोहरमा आगो लागिरहेको दृश्य ।
सिंहदरबारमाथिको आकाशमाथि विरक्तलाग्दो गरी मडारिएको धुँवा
साँझपख सिंहदरबार जलिरहँदा त्यसका अघिल्तिर रमिता हेरिरहेका जमात ।
एउटा इतिहासको अवसान । नेपाली इतिहासको साक्षी र गौरव बनेर उभिएको सिंहदरबार जब आगोमा दनदनी बल्यो । एउटा इतिहासको पटाक्षेप भयो ।
रातभर जलिरह्यो सिंहदरबार । मध्यरातमा दनदनी जलेको सिंहदरबारको दृश्य, जुन हेर्न सहज थिएन ।
संसद भवन जलिरहँदाको दृश्य ।
शीतल निवासमा आगो । राष्ट्रपति भवनको रुपमा रहेको शीतल निवास जल्दै गरेको दृश्य ।
नक्सालस्थित भाटभाटेनी सुपरमार्केटमा आगो लाग्दै गरेको मध्यरातको दृश्य ।
होटल हिल्टनमा आगो लागिरहेको बेला ।
एनसेलको मुख्यालय अगाडि आगो लगाउने प्रयास भइरहँदाको दृश्य ।
………………………….
भदौ २५ गते । बुधबार । बिहान ।
शान्तिपूर्ण प्रदर्शन विद्रोहमा । विद्रोह हिंसामा । हिंसा विध्वंस। यो अकल्पनीय चक्रले मुलुकको तस्बिर नै कुरुप बनाइदिन्छ ।
आगोले जलेर खण्डहर बनेको सडक विभागको भवन । त्यसको अघिल्तिर दर्जनौँ गाडी जलेको देखिन्छ ।
आगलागी र तोडफोडपछि कुरुप बनेको सवोच्व अदालत ।
आगलागीमा थुप्रै कागजात खरानी भए । त्यसमा बचेका दस्ताबेजहरू संकलन गर्दै कर्मचारीहरू ।
एउटा विरुप सन्नाटा । सुनसान तर अशान्त । खण्डहर बनेको ऐतिहासिक संंरचना । अझै उड्दैछ धुँवा सिंहदरबारमाथिको आकाशमा ।
सिंहदरबार जलिसकेपछि ।
सिंहदरबार परिसरका भवनहरू, जुन जलेर नष्ट भएका देखिन्छन् ।
भग्नावशेष सिंहदरबारमाथि फहराइरहेको राष्ट्रिय झन्डा ।
सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको दृश्य ।
हरेक दिन औसत ३५०० नेपाली बाहिरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चुपचाप छ । जेन जी आन्दोलनपछि सबै उडान ठप्प भएपछि देखिएको दृश्य ।
न सुरक्षा, न सौन्दर्य । कुरुप जस्तै बनेको संसद भवन ।
चीनको अनुदान सहयोगमा सन् १९९० को दशकको सुरुवातमा सुरु भई करिब चार वर्षमा निर्माण सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, जुन पछिल्लो समय संसद भवनको रुपमा रहेको थियो ।
आकाशबाट देखिएको संसद भवनको दृश्य ।
कर्फ्यू लागेपछि नेपाली सेना सडकमा ।
शेरबहादुर देउवा र आरजु राणाको घर, भग्नावशेषमा परिणत भएपछि ।
बालकोटस्थित केपी शर्मा ओलीको घर, आगोले जलेपछि ।
आगोले जलेपछि पुष्पकमल दहाल ‘प्रचण्ड बस्दै आएको खुमलटारस्थित घर ।
जेन जी आन्दोनका क्रममा शहीद भएकाहरू, पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै गरेको कारुणिक दृश्य ।
एउटा सपनाका लागि अर्को सपनाको साहदत । जेन जी आन्दोलनमा शहीद भएकाहरूलाई अन्तिम बिदाइ गरिँदै ।
प्रतिक्रिया 4