+
+
Shares

‘विष्णु पौडेल भन्ने ठानेर मलाई आक्रमण गरे’

‘गोली लागेका भाइलाई मनमोहन कार्डियोलोजीमा छोडेर, त्यही एम्बुलेन्समा महाराजगञ्जको बाटो फर्किँदै थिएँ । चक्रपथ चोकमा पुग्दा विष्णु पौडेल (एमाले नेता) आयो भन्दै एम्बुलेन्स रोके । र, आक्रमण गरे ।’

लोकबहादुर टण्डन लोकबहादुर टण्डन
२०८२ असोज ३ गते २१:०५

२३ भदौमा भएको जेएनजी प्रदर्शनमा १९ जनाको मृत्यु भयो । धेरैजना घाइते भए । काठमाडौंमा ४०० जनालाई रगत चाहियो भनेर त्यही दिनको राति १० बजे फोन आउन थाल्यो ।

मैले मसँग भएजति रगत म्यानेज गरेर सर्भिस गरेँ । ब्लड डोनेसन गर्न अनुरोध गर्दै ग्रुपमा लेखेर सुतेँ ।

बिहान ८ बजे ग्रिन सिटी अस्पताल अगाडि ब्लड डोनेसन सुरु गरेँ । करिब २१८ युनिट रगत जम्मा भयो । बिहान ८ बजेदेखि दिउँसो १ बजेर ५० मिनेटसम्म ब्लड डोनेसन गराइरहेको थिएँ ।

गोली लागेका घाइतेलाई निःशुल्क औषधि उपचार ग्रिन सिटीमा गर्छु भनेर आह्वान पनि गरिसकेको थिएँ ।

घाइतेलाई एम्बुलेन्समा लैजाँदा निम्तिएको घटना

२४ भदौमा गोली लागेर एकजना भाइ ग्रिन सिटी आइपुगे । ती भाइको अवस्था गम्भीर थियो ।

हातमा गोली लागेको थियो । सिटी स्क्यान र तत्काल अपरेसन गरी गोली निकाल्नुपर्ने थियो । ग्रिन सिटी अस्पतालबाट त्यहाँ कार्यरत चिकित्सक आउन ढिला हुन्छ भनेर सूचना दिनुभयो । तर ती भाइको अप्रेसन तत्काल नै गनुपर्ने थियो ।

गोली लागेको मान्छेलाई तीन घण्टाभित्र अपरेसन गर्नुपर्छ । नत्र ती भाइको हात काट्नुपर्ने हुन्थ्यो ।

ती घाइते भाइलाई एम्बुलेन्समा हालेर म त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेको थिएँ । त्यसबेला ग्रिन सिटीमा ब्लड डोनेसन भइरहेको थियो ।

म १० मिनेटमा आइहाल्छु भनेर गएको थिएँ । जुन बाटो गएको, त्यही बाटो फर्केको भए मलाई यो समस्या हुने थिएन । ती भाइलाई मनमोहन कार्डियोलोजीमा छोडेर, त्यही एम्बुलेन्स लिएर महाराजगञ्जको बाटो जाँदै थिएँ ।

महाराजगञ्ज चक्रपथ चोकमा पुग्दा विष्णु पौडेल (एमाले नेता) आयो भनेर एम्बुलेन्स रोके । त्यहाँ हजारौंको भिड थियो ।

दिउँसो २ बजेर १५-२० मिनेट भित्रको कुरा हो । अस्पताल छाडेको १५ मिनेटमा नै यस्तो भयो । जाँदा म कोट-चप्पलमा थिएँ । आउँदा अरूको लुगा लगाएर भागेर, लुकेर आउनुपर्ने अवस्था आयो ।

एम्बुलेन्समा मलाई केही भएन तर एम्बुलेन्सका सिसाहरू फुटाइदिए, ढोका तोडे, गाडी बिगारे । गाडी अहिले पनि खराब अवस्थामा छ ।
मलाई चिनेका केहीले यो ग्रिन सिटीको चेयरम्यान हो, सामाजिक अभियन्ता हो, यो नेता होइन भने । तर कसैले नेता नै हो भन्दै मलाई हातपात गर्न छाडेनन् ।

१०-१२ जना भाइहरूले राम्रै तरिकाले प्रोटेक्ट गरेर बचाएको थिए । नत्र सायद म आज यहाँ हुन्नथेँ होला । भाग्यले बाँचे भन्नुपर्‍यो ।

जेएनजीका भाइहरूले कुटपिट गरेका होइनन्

त्यस्तो खालको ठूलो चोट त लागेन तर टाउकोमा सामान्य चोट लाग्यो । रगत आउने खालको चोटपटक लागेन । बक्सिङ त राम्रै हानेका थिए । रगत त्यति आउन पाएन तर अहिले पनि टाउकोमा दुखाइ भइरहन्छ ।

अस्पतालमा आएर सिटी स्क्यान र एमआरआई गराएँ । अहिले नर्मल औषधि खाएर बसिरहेको छु ।

जेएनजी प्रदर्शनबाट घाइते भएका बिरामीको औषधि उपचार ग्रिन सिटीमा निःशुल्क गरेको छु । म सधैं गरिब, असहायलाई सहयोग गर्ने मान्छे हुँ । सहयोग गर्दै आएको छु ।

म स्पष्ट पार्न चाहन्छु- जेएनजीका भाइहरूले मलाई कुटपिट गरेका होइनन् । यसमा अरू घुसपैठियाहरू थिए । यो राक्षसी प्रवृत्ति थियो ।

(ग्रिन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले अनलाइखबरसँग गरेको कुराकानीको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?