
News Summary
Generated by OK AI. Editorially reviewed.- हिमाञ्चलराज केसीले होटल सोल्टीमा आयोजित ग्रान्ड फिनालेमा मिस्टर नेपाल वर्ल्ड २०२५ को उपाधि जितेका छन्।
- गिरिशरत्न शाक्यले मिस्टर ग्लोबल नेपाल र प्रकाश चौहानले म्यान अफ द वर्ल्डको उपाधि जितेका छन्।
- विजेताले ५ लाख रुपैयाँ पुरस्कार र मिस्टर वर्ल्ड वा मिस्टर ग्लोबल २०२५ मा प्रतिनिधित्व गर्ने मौका पाउनेछन्।
काठमाडौं । ‘मिस्टर नेपाल वर्ल्ड २०२५’ को उपाधि हिमाञ्चलराज केसीले जितेका छन् । शनिबार होटल सोल्टीमा आयोजित ग्रान्ड फिनालेमा ३ विधामा मिस्टर नेपाल घोषित गरियो ।
केसीले ‘मिस्टर नेपाल वर्ल्ड’को उपाधि जित्दा मिस्टर ग्लोबल नेपालको उपाधि गिरिशरत्न शाक्यले जिते ।
‘म्यान अफ द वर्ल्ड’को उपाधि प्रकाश चौहानले प्राप्त गरे । निश्चल मानन्धर पहिलो उपविजेता र दर्पणसिंह गिरी दोस्रो उपविजेता घोषित भए । उपाधिका लागि ३० जना फाइनलिस्ट भिडेका थिए ।
विजेताले ‘मिस्टर वर्ल्ड २०२५’ वा ‘मिस्टर ग्लोवल २०२५’ मा मुलुकको प्रतिनिधित्व गर्ने मौका पाउनेछन् । विजेतालाई ५ लाख बराबरको पुरस्कार समेत प्रदान गरियो ।
नेक्स्ट मोडल्स नेपालले प्रतियोगिता आयोजना गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4